गोकर्ण फरेस्ट रिसोर्ट यतीलाई दिनुको कारण माग

सर्वोच्च अदालतले पुरानो सम्झौताको ६ वर्ष अवधि बाँकी छँदै बिनाप्रतिस्पर्धा गोकर्ण फरेस्ट रिसोर्ट यती होल्डिङ्सलाई दिनुको कारण सरकारसँग माग गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले भाडामा दिइएको जग्गाको ६ वर्ष समयावधि हुँदाहुँदै सम्झौता अवधि थप्नुको कारण देखाउन सरकारका नाममा आदेश दिएको हो।

सम्बन्धित सामग्री

गिरीबन्धु टी–स्टेट र गोकर्ण फरेस्ट रिसोर्ट अनियमितता छानबिन गरौं

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदले गिरीबन्धु टी–स्टेट र नेपाल ट्रस्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा भएको अनियमितता’bout छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । सोमबार बैठकको शून्य समयमा सांसद रामहरि खतिवडाले गिरीबन्धु टी–स्टेटका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । भ्रष्टाचारका विभिन्न काण्ड’bout छानबिन भइरहेका बेला […] The post गिरीबन्धु टी–स्टेट र गोकर्ण फरेस्ट रिसोर्ट अनियमितता छानबिन गरौं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यती ग्रुपको गोकर्ण फरेस्ट रिसोर्टको ५ वर्षको सञ्चालन नाफा १ अर्बभन्दा बढी

काठमाडौं । गोकर्ण फरेस्ट रिसोर्ट प्राइभेट लिमिटेडले ५ वर्षमा नै १ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०२३ (आर्थिक वर्ष २०७९/८०) ६ महीनामा नै २० करोड २० लाख रुपैयाँ सञ्चालन नाफा गरेको हो ।  कम्पनीले अहिले सानादेखि ठूला स्तरका कार्यक्रमहरू गर्न मल्टिपल हलहरू भएको ८० करोड रुपैयाँ अनुमानित लागतमा अन्तरराष्ट्रिय स्तरको कन्फ्रेन्स सेन्टर निर्माण गरिरहेको छ । रिसोर्टको उक्त हल सन् २०२४ को अप्रिलदेखि सञ्चालन ल्याउने लक्ष्य छ । ईक्राका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०१९ मा ४२ करोड ४० लाख रुपैयाँ, वित्तीय वर्ष सन् २०२० मा २६ करोड २० लाख रुपैयाँ, वित्तीय वर्ष सन् २०२१ मा १२ करोड ७० लाख रुपैयाँ र वित्तीय वर्ष सन् २०२२ मा ३३ करोड ९० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीले कुल व्यापारको ३० प्रतिशत हिस्सा बैंक्वेटको व्यापारबाट आर्जन गरेको छ ।  गोकर्ण फरेस्ट रिसोर्टमा यती/थामसेर्कु ग्रुपको लगानी छ । सन् १९९५ मा स्थापना भएको यस रिसोर्ट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ९ किलोमिटरको दुरीमा छ । रिसोर्टमा १०० कोठा क्षमता रहेको छ। कम्पनीको ६६ करोड ५१ लाख रुपैयाँको दीर्घकालीन कर्जा र ६ करोड ९७ लाख रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ । ईक्राले कम्पनीको दीर्घकालीन कर्जाको लागि डबल बी र अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ ।

आफ्नै सभागृह छोडेर गोकर्ण रिसोर्टमा काठमाडौं महानगरको गोष्ठी

१ भदौ, काठमाडौं । आफ्नै सुविधासम्पन्न सभाहल भएको काठमाडौं महानगरपालिकाले गोकर्ण फरेस्ट रिसोर्टमा सोमबार र मंगलबार योजना तर्जुमा गोष्ठी गर्‍यो । मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित महानगरका विभागीय प्रमुखहरुको उपस्थितिमा दुई दिनसम्म आवासीय सुविधासहितको गोष्ठी गरिएको हो । गोकर्ण फरेस्ट रिसोर्ट हालसालै सरकारले ‘लक्जरी’ वर्गमा राखेको रिसोर्ट हो । नेपालमा चन्द्रागिरी हिल्स र गोकर्ण […]

क्वारेन्टाइनका लागि तोकियो होटेल

काठमाडौं । सरकारले विभिन्न तीन देशका लागि नियमित उडान खुला गरेपछि नेपाल आउने नेपाली र विदेशी नागरिकलाई क्वारेन्टाइन बस्नका लागि होटेलहरू तोकिदिएको छ । पर्यटन विभागले क्वारेन्टाइनस्थलका रूपमा प्रयोेग गर्ने होटेलहरूको न्यूनतम ९ बुँदे मापदण्ड तोक्दै होटेलहरूको नामावली सार्वजनिक गरेको छ । होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने होेटेलहरूले सामूहिक रूपमा खाना खाने स्थल, बुफे, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्णरूपमा बन्द गर्नुपर्ने मापदण्ड राखिएको छ । विभागले कम्तीमा २० कोठा भएको होटेल, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्नेगरी होटेल परिसरको छुट्टै गेट वा कम्पाउन्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला ठाउँ र बगैंचा भएको हुनुपर्ने मापदण्ड तोकेको छ । होटेल क्वारेन्टाइनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमूना संकलनका लागि पर्याप्त खुला ठाउँ हुनुपर्ने, होटेल कोठामा टेलिभिजन, वाइफाई, अनिवार्य हुनुपर्ने, कोठामा अट्याच ट्वाइलेट र नुहाउन र पिउन तातो पानीको व्यवस्था भएको हुनुपर्ने मापदण्ड तोकेको छ । होटेलमा खाना र अन्य सेवाहरू कोठामा वा प्यासेजमा मात्र प्रदान गर्ने व्यवस्था, मिलाउनुपर्नेछ । प्रत्येक कोठामा १ हप्तालाई पुग्ने गरी साबुन, टुथपेस्ट, ब्रस, हेन्डवास र टावेल राखिएको हुनुपर्ने विभागले उल्लेख गरेको छ । सोमवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नेपाली तथा विदेशी नागरिकहरू विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड २०७८’ लागू गरेको थियो । सोहीअनुसार नेपालीहरू नेपालमा आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट, होटेल बुक गरेको डकुमेन्ट ल्याउनुपर्ने र ५ दिन अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने गरी मन्त्रालयले मापदण्ड बनाएको छ । उक्त दिन होटेल क्वारेन्टाइन बसेपछि सम्बन्धी होटेल तथा नियामक निकायको सिफारिशमा १० दिन होमक्वारेन्टाइन बस्ने गरी घर जान पाउने व्यवस्था गरिएको छ । मन्त्रालयले काठमाडौंको ठमेल, गोंगबुलगायत घना बस्ती भएका स्थानका होटेलमा क्वारेन्टाइन राख्न भने निषेध गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलने जोखिम उच्च हुने भन्दै मन्त्रालयले यी क्षेत्रका होटेलमा क्वारेन्टाइन राख्न निषेध गरेको हो । विभागले बुधवार सूचना जारी गर्दै होटेल क्वारेन्टाइनका रूपमा प्रयोग गर्न पाँचतारेस्तरका द सोल्टी काठमाडौं, सांग्रिला, ¥याडिसन, हायात गरी सातओटा होटेल तोकिदिएको छ । चारतारेमा होटेल शंकर, होटेल हिमालय र ग्रान्ड होटेल तोकेको छ । विभागको निर्णयअनुसार तीनतारेस्तरका पाँचओटा होटेल र पर्यटकिय स्तरका ५१ ओटा होटेल क्वारेन्टाइनको रूपमा प्रयोग गर्न सकिनेछ । यस्तै रिसोर्ट स्तरका दुईओटा पार्क भिलेज र गोकर्ण फरेस्ट रिसोर्ट रहेका छन् । यसअघिदेखि क्वारेन्टाइनका रूपमा आठओटा होटेल प्रयोग हुँदै आएका छन् । विभागले होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिँदा थलिएको होटेल व्यवसायलाई केही विजनेश मिलेको छ । सरकारले बजेटमार्फत पनि होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न प्रोत्साहन गरेको छ । सरकारले अनिवार्य रूपमा होटेल क्वारेन्टाइन बस्ने मापदण्ड बनाए पनि यो लागू नहुने होटेल एशोसिएसन नेपाल (हान) स्रोतको भनाइ छ । उनले भने, ‘विदेशबाट मानिसहरू कम आउने गरेका छन् भने अर्कोतर्पm अधिकांश यात्रु होटेलभन्दा पनि होम आइसोलेशनमै बस्न जाने गरेका छन् ।’

नेकपा स्थायी कमिटीको बैठक बस्ने टुंगो छैन, २० सदस्यको एजेन्डा तयार

स्थायी कमिटीका २० सदस्यले तय गरेका एजेन्डा :यती समूहलाई गोकर्ण फरेस्ट रिसोर्ट लिजमा दिने प्रकरण, एनसेल,

ट्रस्टको श्वेतपत्रले नदेखाएको पाटो

यतीको भगिनी कम्पनी गोकर्ण फरेस्ट रिसोर्ट प्रालिलाई गोकर्णको जग्गामा ऐनविपरीत थप संरचना निर्माण गर्न दिनेगरी भएको सम्झौताबारे पनि श्वेतपत्रमा केही खुलाइएको छैन।

राजेश्वर ज्ञवाली र गगन थापाबीच बहस

नेपाल ट्रष्टको स्वामित्वमा रहेका गोकर्ण फरेस्ट रिसोर्ट लगायत कतिपय सम्पत्ति कसरी एउटै व्यापारिक कम्पनी यती होल्डिङ्गसको पोल्टामा पुग्यो भन्नेबारे नेपाल ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवाली र नेपाली कांग्रेसका नेता गगन थापाबीच बहस।