देवरले पेट्राेल छर्केर भाउजूलाई आगाे लगाए, उपचारका क्रममा ज्यान गयाे

सप्तरी – सप्तरीमा आफ्नै देवरले आगो लगाएर घाइते भएकी एक महिलाको आज आइतवार ज्यान गएको छ । बोदेबरसाईन नगरपालिका वडा नम्बर १ का परमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएको राजकुमारीको श्रीमान् रविनले बताउनुभएकाे प्रहरीले जनाएको छ । भाउजुलाई आगो लगाउने साह फरार रहेका र खोजी भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएस्पी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । अस्ति शुक्रवार बिहान घरमै काम गरिरहेका बेला २० वर्षका परमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा आगो लगाएका थिए । गम्भीर ...

सम्बन्धित सामग्री

पाँचथर : घरमा आगाे लाग्दा १ जनाकाे ज्यान गयाे

पाँचथर – पाँचथरमा घरमा आगाे लाग्दा एक जनाकाे ज्यान गएकाे छ । घरमा आगाे लाग्दा फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय मनकुमार नेम्वाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो । अपाङ्गताका कारण हातखुट्टा चल्न नसक्ने अवस्थाका नेम्वाङकाे घरमा आगो सल्केपछि भाग्न नसक्दा जलेर ज्यान गएको हो । आगाे लाग्दा उहाँ घरमा एक्लै रहेकाे प्रहरीले जनाएकाे छ । आज बिहीवार दिँउसो स्थानीय लाक्सेबुङ जङ्गलबाट सल्केको आगोको झिल्कोले नेम्वाङको घर जलेको थियो ।...

ओढिरहेकाे कम्बलमा आगाे सल्किँदा राउटे युवक घाइते

दैलेख – दैलेखमा ओढिरहेको कम्बलमा आगो सल्किँदा एक जना राउटे युवक घाइते भएका छन् । आगोले जलेर नारायण नगरपालिका वडा नम्बर ८ सालेतडामा बस्दै आएका ३८ वर्षका नारायण शाही घाइते हुनुभएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिनुभयो । राति सुत्दा छेउमा आगो बलेर सुतेका कारण कम्बलमा आगाे सल्किएकाे हो । परिवारका सदस्यले आगो सल्किएको थाहा पाएपछि कम्बल हटाएका थिए ।   घाइते शाहीको छाती, दाहिने पाखुरा र ढाडमा आगाेले पाेलेकाे छ । उहाँकाे जिल्ला अस्पताल दैलेखमा उपचार भइरह...

हाेटलमा लगेर प्रेमीले लगाए प्रेमिकामाथि पेट्राेल छर्केर आगाे, दुई जना पक्राउ

काठमाडौं । हाेटलमा लगेर प्रेमीले प्रेमिकामाथि पेट्राेल छर्केर आगाे लगाएकाे आराेपमा दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । नक्सालस्थित होटल क्राउन प्लाजामा लगेर प्रेमीले प्रेमिकामाथि पेट्राेल छर्केर आगाे लगाएकाे आराेपमा सिन्धुलीका पदमकुमार क्षेष्ठ र जितपुर सिमराका केशव रिजाललाई प्रहरीले पक्राउ गरेकाे हाे । आगोलागीमा परी २३ वर्षीया प्रेमिका पवी खनालको उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले […]

जुत्ता कारखानामा लागेकाे आगाे नियन्त्रणमा आयाे (फाेटाेफिचर)

काठमाडाैँ- बालाजुस्थित जुत्ता कारखानामा लागेकाे आगाे नियन्त्रणमा आएकाे छ। बुधबार बिहानदेखि लागेको आगाे भर्खरै नियन्त्रणमा आएकाे हाे। बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएकाे थियाे। जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले  आगलागी नियन्त्रणमा आएकाे जानकारी दिए। नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीकाे संयुक्त प्रयासमा आगाे नियन्त्रणमा आएकाे हाे। आगलागी नियन्त्रणमा […]

सर्लाहीमा आगाे ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धाकाे ज्यान गयाे

सर्लाही - सर्लाहीमा आगाे ताप्ने क्रममा जलेर एक वृद्धाकाे ज्यान गएकाे छ ।  सर्लाहीको गोडैता नगरपालिका-११ सिसौटियामा आगो ताप्ने  क्रममा जलेर ७५ वर्षीया वृद्धा देवकली देवीकाे ज्यान गएकाे हाे ।  घरमा आगो बालेर  ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि गम्भीर घाइते भएकी देवकलीको उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउँदै गर्दा गएराति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शिवपुरी–नागार्जुन निकुञ्जमा लागेकाे आगाे निभाउन हेलिकप्टरबाट पानी खसालियाे

काठमाण्डाै – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेकाे आगाे नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसाइएको छ । सिम्रिक एअरकाे हेलिकप्टरबाट पानी खसाइएकाे हाे । हेलिकप्टरले पानी खसाए पनि डढेलो पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।  बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो अहिले धेरै ठाउँमा फैलिइसकेको छ । डढेलो नियन्त्रणका लागि निकुञ्जकाे सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । काठमाण्डौका दुई वटा दमकल गएर नियन्त्र...

दोभान आगलागी : ५० घर जलेर नष्ट, अझै नियन्त्रणमा आएन आगाे

ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिका अन्तर्गत दोभान बजारमा लागेको भीषण आगलागीबाट ५० घर जलेर नष्ट भएका छन् ।   आगलागीबाट ती घरमा रहेका करिब १ सय २० वटा पसलहरु जलेका स्थानीयले बताएका छन् ।  बस्तीमा लागेकाे आगो केही नियन्त्रणमा आए पनि बजारभन्दा माथिको भीरमासमेत आगाे लाग्नथालेपछि खतरा झनै बढेकाे प्रहरीले जनाएकाे छ । अहिले बजारकाे बीच भागमा रहेका घरहरु भत्काएर केही हदसम्म आगो नियन्त्रणमा ल्याइएको छ ।  स्थानीय भोला पौडेलको घरबाट विद्युत सर्ट भ...