दोभान आगलागी : ५० घर जलेर नष्ट, अझै नियन्त्रणमा आएन आगाे

ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिका अन्तर्गत दोभान बजारमा लागेको भीषण आगलागीबाट ५० घर जलेर नष्ट भएका छन् ।   आगलागीबाट ती घरमा रहेका करिब १ सय २० वटा पसलहरु जलेका स्थानीयले बताएका छन् ।  बस्तीमा लागेकाे आगो केही नियन्त्रणमा आए पनि बजारभन्दा माथिको भीरमासमेत आगाे लाग्नथालेपछि खतरा झनै बढेकाे प्रहरीले जनाएकाे छ । अहिले बजारकाे बीच भागमा रहेका घरहरु भत्काएर केही हदसम्म आगो नियन्त्रणमा ल्याइएको छ ।  स्थानीय भोला पौडेलको घरबाट विद्युत सर्ट भ...