ओढिरहेकाे कम्बलमा आगाे सल्किँदा राउटे युवक घाइते

दैलेख – दैलेखमा ओढिरहेको कम्बलमा आगो सल्किँदा एक जना राउटे युवक घाइते भएका छन् । आगोले जलेर नारायण नगरपालिका वडा नम्बर ८ सालेतडामा बस्दै आएका ३८ वर्षका नारायण शाही घाइते हुनुभएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिनुभयो । राति सुत्दा छेउमा आगो बलेर सुतेका कारण कम्बलमा आगाे सल्किएकाे हो । परिवारका सदस्यले आगो सल्किएको थाहा पाएपछि कम्बल हटाएका थिए ।   घाइते शाहीको छाती, दाहिने पाखुरा र ढाडमा आगाेले पाेलेकाे छ । उहाँकाे जिल्ला अस्पताल दैलेखमा उपचार भइरह...