शिवपुरी–नागार्जुन निकुञ्जमा लागेकाे आगाे निभाउन हेलिकप्टरबाट पानी खसालियाे

काठमाण्डाै – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेकाे आगाे नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसाइएको छ । सिम्रिक एअरकाे हेलिकप्टरबाट पानी खसाइएकाे हाे । हेलिकप्टरले पानी खसाए पनि डढेलो पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।  बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो अहिले धेरै ठाउँमा फैलिइसकेको छ । डढेलो नियन्त्रणका लागि निकुञ्जकाे सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । काठमाण्डौका दुई वटा दमकल गएर नियन्त्र...

सम्बन्धित सामग्री

हेलिकप्टरले पानी खसालेपछि निभ्याे शिवपुरी–नागार्जुनकाे आगाे

काठमाण्डाै – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतवार बिहान ११ बजेदेखि लागेको आगो बेलुकी पाँच बजेतिर नियन्त्रणमा आएको निकुञ्जका प्रमुख लक्ष्मण पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।डढेलो नियन्त्रणका लागि सिम्रिक एअरको हेलिकप्टरले झण्डै एक दर्जन पटक पानी बोकेर खन्याएको थियो । सिम्रिक एअरकाे हेलिकप्टरले मेलम्ची खानेपानी आयाेजनाकाे पानीकाे सहयाेगमा आगाे निभाएकाे हाे ।नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्जका कर्मचारी र स्थानीयवासीको सहयोगमा डढेलो नियन्त्र...