दुर्गमका विद्यालयमा शिक्षक न पूर्वाधार

काठमाडौं, माघ ११ । एउटै कोठामा धेरै कक्षाका विद्यार्थी पढाउनुपर्ने बाध्यता। पालिकाले आन्तरिक रूपमै केही शिक्षक नियुक्ति गरे पनि अझै अपुग छ। विद्यालय पुग्न घण्टौं लाग्छ। विद्यालयमा आवासीय सुविधा पनि छैन। यसै त शिक्षकको दरबन्दी न्यून, त्यसमाथि नियमित आउँदैनन् शिक्षक। सबै जनालाई एकै कोठामा राखेर विद्यार्थी पढाउनुपर्ने बाध्यता छ। भिन्दाभिन्दै कक्षाकोठाका लागि पर्याप्त भवन र […]

सम्बन्धित सामग्री

बजेटमा समेटिएन थप विद्यालयमा राष्ट्रपति शैक्षिक कार्यक्रम

काठमाडौं : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आगामी आव २०८०।०८१ को बजेटमा थप विद्यालयमा कार्यक्रम विस्तार गर्ने योजना समेटिएको छैन। उक्त बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यार्थी, विद्यालय र शिक्षक संख्याको आधारमा विद्यालयको भौतिक पूर्वाधार विकासमा खर्च गर्न स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराइनेछ मात्रै भनिएको छ।थप विद्यालयमा यो कार्यक्रम विस्तार गर्ने भनिएको छैन। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ जारी भएसँगै यो कार्यक्रम सुरु भएको

अमरपुरको सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार अभाव

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार अभाव हुँदा दुई अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । विद्यालयमा विद्यार्थीको चापअनुसार कक्षा कोठा नहुँदा बिहान ६ देखि १० बजेसम्म र १० देखि ४ बजेसम्म कक्षा सञ्चालन भइरहेका छन् । बिहानीको समयमा वन विज्ञान र कक्षा ११ तथा १२ का कक्षा सञ्चालन हुँदै आएका छन् । बिहान १० बजेपछि कक्षा १ देखि १० सम्मका कक्षा सञ्चालन हुने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बुढाका अनुसार विद्यालयमा ११ भवन रहेका छन् । त्यसमध्ये नौ पक्की र दुई जस्ता पाताको छाना भएका भवन छन् । ‘दुई पक्की भवनमा वन विज्ञान कार्यक्रमका छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रावासको प्रबन्ध मिलाएका छौँ,‘ उनले भने, ‘बाँकी नौओटा भवनका २२ कोठाहरुमध्ये कम्प्युटर ल्याब, पुस्तकालय, प्रयोगशाला, भण्डारण कक्ष, दिवा खाजा व्यवस्थापन, शिक्षक स्टाफ गरी १० कोठा प्रयोगमा रहेका छन्, बाँकी १२ कोठामा छात्रावासका थप चार गरी १६ कोठामा पठनपाठनको कार्य भइरहेको छ ।‘ कक्षा कोठाको अभावमा विद्यालयमा सञ्चालनमा रहेका बाल विकासका तीन कक्षालाई एउटै कोठामा राख्नुपरेको उनले बताए । आधारभूत तहका कक्षाका लागि आठ, माध्यमिक तहका लागि चार र तीनवर्षे वन विज्ञान शिक्षाका लागि तीन कक्षाकोठा प्रयोग भइरहेका छन् । ‘विद्यालयमा विद्यार्थीको सङ्ख्या ७३४ रहेको छ । छात्र ३३९ र छात्रा ३९५ रहेका छन् । ‘विद्यार्थीको अनुपातमा कक्षा कोठाको निकै अभाव छ,‘ विद्यालयका निमित्त प्रधानाध्यापक गणेशबहादुर विष्टले भने, 'कक्षा कोठाको अभाव र आवश्यक माध्यमिक शिक्षक दरबन्दी अभावले अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपरेको छ ।‘ उनका अनुसार कक्षा १२ मा सबैभन्दा बढी एक सय २३, कक्षा ९ मा एक सय १२, कक्षा ८ मा ७३ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थीको सङ्ख्या अधिक भए पनि कक्षा कोठा नपुग्दा एउटै कक्षामा राखेर पठनपाठन गराउनुपर्ने अवस्था रहेको उनले बताए  । ‘आगामी शैक्षिक सत्रदेखि विद्यालयमा थप छ कक्षाकोठा निर्माण गर्ने लक्ष्य लिएका छौँ,‘ निमित्त प्रधानाध्यापक विष्टले भने, “फर्निचरको पनि अभाव छ, त्यसका लागि नगरपालिकासँग आवश्यक बजेटको व्यवस्था मिलाइदिन आग्रह गरेका छौँ ।‘ विसं २०४२ मा स्थापना भएको विद्यालयमा १२ शौचालय र दुई खानेपानीका धारा भए पनि त्यसलाई व्यवस्थित भने विद्यालयले गर्न सकेको छैन । विद्यालयमा प्रावि तहका चार र एक निमावि तह गरी पाँच शिक्षक स्थायी रहेका छन् । राहत कोटामा कार्यरत शिक्षकको सङ्ख्या ६ रहेको छ । त्यसमध्ये प्राविमा एक, निमाविमा दुई र माविमा तीनजना कार्यरत रहेका छन् । कक्षा ११ र १२ का लागि भने शिक्षक दरबन्दी नहुँदा निजी शिक्षक राखेर पठनपाठनको कार्य हुँदै आएको छ । वडाध्यक्ष शेरबहादुर साउदले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि दुई भवन निर्माणका क्रममा रहेको बताए । -रासस

दुर्गमका विद्यालयमा शिक्षक न पूर्वाधार

विद्यालय पुग्नै घण्टौं लाग्छ । सबै विद्यालयमा आवासीय सुविधा छैन । यसै त शिक्षकको दरबन्दी न्यून, त्यसमाथि नियमित आउँदैनन् । एक जनाले एकै कोठामा राखेर ३ वटासम्म कक्षाका विद्यार्थी पढाउनुपर्ने बाध्यता छ । भिन्दाभिन्दै कक्षाकोठाका लागि पर्याप्त भवन, शैक्षिक सामग्री पनि छैनन् ।

विद्यालय मर्ज गर्दै स्थानीय सरकार

आठबीसकोट नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयहरू मर्ज गर्न थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि शिक्षक र शैक्षिक पूर्वाधार व्यवस्थित गर्न विद्यालय मर्ज गर्न थालिएको हो ।

लमजुङमा बालमैत्री अभियान अलपत्र

लमजुङ– लमजुङमा सबै विद्यालय र समुदायलाई बालमैत्री बनाउने आठ वर्षदेखिको अभियान अलपत्र परेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले बालमैत्री शिक्षण सिकाइ र बालमैत्री विद्यालय बनाउने अभियान थालेको थियो । सन् २०१५ भित्रै जिल्लाका सबै विद्यालयमा भौतिक पूर्वाधार बालमैत्री बनाउने, गुणस्तरीय शिक्षा दिने, प्राविधिक शिक्षा, तालिमप्राप्त शिक्षक र पाठ्यपुस्तक समयमै पुर्‍याउने योजना समावेश थिए । आठ वर्ष बितिसक्दा […]

तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउने सरकारको लक्ष्य

काठमाण्डाै - सरकारले तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउने लक्ष्य राखेको छ । देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा विद्यालयका पूर्वाधार बन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले आउँदो तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाउने बताउनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत झण्डै १९ सय विद्यालय बनेका छन् । विद्यालय भवनले मात्रै नहुने भन्दै मन्त्री पौडेलले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्नेमा जोड दिनुभयो । पूर्वाधार...

पर्वत जलजलाका सबै विद्यालयमा ल्यापटप र प्रिण्टर

पर्वत । पर्वतको जलजला गाउँपालिकाले सबै विद्यालयमा ल्यापटप र प्रिण्टर उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ल्यापटप र प्रिण्टर उपलब्ध गराइएको गाउँपालिकाले बताएको छ । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार ४४ ओटा विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । प्रावि तहसम्म सञ्चालनमा रहेका आधारभूत विद्यालय, कक्षा आठसम्म सञ्चालनमा आधारित रहेका आधारभूत विद्यालय र त्यसभन्दा माथि कक्षा १२ सम्मका विद्यालयका लागि उक्त सामग्री वितरण गरिएको क्षेत्रीले बताए । वितरण गरिएका ल्यापटप तथा अन्य सामग्रीको प्रयोगका लागि केही समयमै कम्तीमा पनि ३०० शिक्षकलाई एकीकृत तालिम सञ्चालन गर्ने तयारी थालिएको जानकारी उनले दिए । स्थानीय तहभित्र रहेका आठओटा माध्यमिक विद्यालयलाई थप एक/एकओटा ल्यापटप समेत दिइएको छ । ७० हजार रुपैयाँका दरले ५२ ओटा ल्यापटपका लागि ३६ लाख ४० हजार रुपैयाँ र ४४ ओटा विद्यालयलाई ३१ हजार मूल्यका फोटोकपी तथा स्क्यान सुविधा सहितका प्रिन्टर प्रदान गरिएको हो । विद्यालयलाई संघीय सरकारले नै इन्टरनेटका लागि वार्षिक १२ हजार रुपैयाँ दिने व्यवस्था छ । विद्यालयले एकीकृत रूपमा विवरण अद्यावधिक गराउन तथा शिक्षण सिकाइमा समेत प्रविधिको प्रयोगले सहयोग पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले विद्यालयका विवरण एकीकृत रूपमा अनलाइनमा राख्ने सम्बन्धी प्रशिक्षण यसअघि नै गरिसकिएको भए पनि कम्प्युटरबाट गर्न सकिने अन्य कामको बारेमा सिकाउन पुनः पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । शिक्षामा बढी केन्द्रित रहेकाले नै उपकरण प्रदानदेखि भौतिक पूर्वाधार निर्माण पनि गरिरहेको मल्लको भनाइ छ । गाउँपालिकाको वडा–६ शालिजाको सर्वोदय प्राथमिक विद्यालयकी शिक्षक सेतीमाया पाइजा पुनले स्थानीय सरकारको सहयोगले विद्यालयलाई प्रविधिमा जोड्न सहज हुने बताइन् ।

जलजला गाउँपालिकाद्वारा सबै विद्यालयमा ल्यापटप र प्रिन्टर हस्तान्तरण

असोज १८, पर्वत । पर्वतको जलजला गाउँपालिकाले सबै विद्यालयमा ल्यापटप र प्रिन्टर उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने हेतुले गाउँपालिकाले ल्यापटप र प्रिन्टर उपलब्ध गराएको जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार ४४ ओटा विद्यालयलाई प्रविधि हस्तान्तरण गरिएको हो ।  पर्वतको जलजला गाउँपालिकाले विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिकाभित्रका सबै विद्यालयहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । प्रा.वि. तहसम्म सञ्चालनमा रहेका आधारभूत विद्यालय, कक्षा ८ सम्म सञ्चालनमा आधारित रहेका आधारभूत विद्यालय र त्यसभन्दा माथि कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको विद्यालयहरूको लागि सामग्री वितरण गरिएको क्षेत्रीले बताए ।  वितरण गरिएका ल्यापटप तथा अन्य सामग्रीको प्रयोगका लागि केही समयमा नै कम्तीमा पनि ३०० जना शिक्षकलाई एकमुष्ठ रुपमा एकीकृत तालिम सञ्चालन गर्ने तयारी थालिएको पनि क्षेत्रीले बताए । त्यस अवसरमा उनले जलजला गाउँपालिकामा दरबन्दी मिलानको अन्तिम तयारी भइरहेको समेत जानकारी दिएका छन् । स्थानीय तहभित्र रहेका ८ ओटा प्रत्येक माध्यमिक विद्यालयलाई थप १/१ ओटा ल्यापटप समेत दिइएकाले ७० हजार रुपैयाँका दरले ५२ ओटा ल्यापटपका लागि ३६ लाख ४० हजार रुपैयाँ र ४४ ओटा विद्यालयलाई ३१ हजार मूल्य परेका १३ लाख ६४ हजार रुपैयाँका फोटोकपी र स्क्यान सुविधा सहितका प्रिन्टरहरू प्रदान गरिएको हो । विद्यालयलाई संघीय सरकारले नै इन्टरनेटका लागि वार्षिक १२ हजार रुपैयाँ दिने भएका कारण हरेक विद्यालयले एकीकृत रूपमा विवरणहरू अद्यावधिक गराउन तथा शिक्षण सिकाइमा समेत प्रविधिको प्रयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले विद्यालयका विवरणहरूलाई एकीकृत रूपमा अनलाइनमा राख्ने सम्बन्धी प्रशिक्षण यस अगाडि नै गरिसकिएको भएपनि कम्प्युटरबाट गर्न सकिने अन्य कामहरूको बारेमा सिकाउन पुनः पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । शिक्षामा बढी केन्द्रित रहेकाले नै उपकरण प्रदानदेखि भौतिक पूर्वाधार निर्माणका कामहरू पनि गरिरहेको मल्लको भनाइ छ । गाउँपालिकाको वडा नं. ६ शालिजाको सर्वोदय प्राथमिक विद्यालयकी शिक्षक सेतीमाया पाईजा पुनले स्थानीय सरकारको सहयोगले विद्यालयलाई प्रविधिमा जोड्न सहज हुने बताइन् ।

कलैयाको बसतपुर माविको दुरावस्था : न पूर्वाधार, प्रयाप्त शिक्षक

६ असोज, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका- २० का सलमान खान स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बसतपुरमा कक्षा १० मा पढ्छन् । तर विद्यलयमा सबै विषय पढाइ हुँदैन । त्यसैले उनी १२ किलोमिटर टाढा सदरमुकाम कलैयामा गएर कोचिङ पढ्न बाध्य छन् । विद्यार्थीहरुका अनुसार विद्यालयमा ९ र १० मा नेपाली, गणित, विज्ञान र ऐच्छिक गणित […]

दुर्गमको विद्यालयको विजोग, शिक्षक र अभिभावकको बेवास्ता

जुम्ला : जुम्लाका ग्रामीण भेगका विद्यालयमा राम्रो व्यवस्थापन नभएकाले विद्यार्थीहरु मध्य दिनमै घर फर्कने गरेका छन्। सिंजा गाउँपालिका–६ रुगागाउँमा रहेको जनज्योति आधारभूत विद्यालय पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ। विद्यालयको घेराबार, भौतिक संरचना र फर्निचर राम्रो नहुँदा  समस्या भएको हो। घेराबार नहुँदा व...