जलजला गाउँपालिकाद्वारा सबै विद्यालयमा ल्यापटप र प्रिन्टर हस्तान्तरण

असोज १८, पर्वत । पर्वतको जलजला गाउँपालिकाले सबै विद्यालयमा ल्यापटप र प्रिन्टर उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने हेतुले गाउँपालिकाले ल्यापटप र प्रिन्टर उपलब्ध गराएको जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार ४४ ओटा विद्यालयलाई प्रविधि हस्तान्तरण गरिएको हो ।  पर्वतको जलजला गाउँपालिकाले विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिकाभित्रका सबै विद्यालयहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । प्रा.वि. तहसम्म सञ्चालनमा रहेका आधारभूत विद्यालय, कक्षा ८ सम्म सञ्चालनमा आधारित रहेका आधारभूत विद्यालय र त्यसभन्दा माथि कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको विद्यालयहरूको लागि सामग्री वितरण गरिएको क्षेत्रीले बताए ।  वितरण गरिएका ल्यापटप तथा अन्य सामग्रीको प्रयोगका लागि केही समयमा नै कम्तीमा पनि ३०० जना शिक्षकलाई एकमुष्ठ रुपमा एकीकृत तालिम सञ्चालन गर्ने तयारी थालिएको पनि क्षेत्रीले बताए । त्यस अवसरमा उनले जलजला गाउँपालिकामा दरबन्दी मिलानको अन्तिम तयारी भइरहेको समेत जानकारी दिएका छन् । स्थानीय तहभित्र रहेका ८ ओटा प्रत्येक माध्यमिक विद्यालयलाई थप १/१ ओटा ल्यापटप समेत दिइएकाले ७० हजार रुपैयाँका दरले ५२ ओटा ल्यापटपका लागि ३६ लाख ४० हजार रुपैयाँ र ४४ ओटा विद्यालयलाई ३१ हजार मूल्य परेका १३ लाख ६४ हजार रुपैयाँका फोटोकपी र स्क्यान सुविधा सहितका प्रिन्टरहरू प्रदान गरिएको हो । विद्यालयलाई संघीय सरकारले नै इन्टरनेटका लागि वार्षिक १२ हजार रुपैयाँ दिने भएका कारण हरेक विद्यालयले एकीकृत रूपमा विवरणहरू अद्यावधिक गराउन तथा शिक्षण सिकाइमा समेत प्रविधिको प्रयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले विद्यालयका विवरणहरूलाई एकीकृत रूपमा अनलाइनमा राख्ने सम्बन्धी प्रशिक्षण यस अगाडि नै गरिसकिएको भएपनि कम्प्युटरबाट गर्न सकिने अन्य कामहरूको बारेमा सिकाउन पुनः पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । शिक्षामा बढी केन्द्रित रहेकाले नै उपकरण प्रदानदेखि भौतिक पूर्वाधार निर्माणका कामहरू पनि गरिरहेको मल्लको भनाइ छ । गाउँपालिकाको वडा नं. ६ शालिजाको सर्वोदय प्राथमिक विद्यालयकी शिक्षक सेतीमाया पाईजा पुनले स्थानीय सरकारको सहयोगले विद्यालयलाई प्रविधिमा जोड्न सहज हुने बताइन् ।   

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघसंस्थालाई आवश्यक सामग्री सहयोग छ । बैंकको तुल्सिपुर शाखाले दाङको बेलझुन्डीमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेको छ । विश्वविद्यालयमा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ । बैंकको लालबन्दी शाखाले राधाकृष्ण मन्दिर भागवतधाम धर्मशालाका लागि […]

महाधिवेशनमा थरिथरिको समस्याः ल्यापटप र प्रिन्टर चोरी

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

महाधिवेशनमा थरिथरिको समस्याः ल्यापटप र प्रिन्टर चोरी

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

महाधिवेशनमा थरिथरिको समस्याः ल्यापटप र प्रिन्टर चोरी

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

महाधिवेशनमा थरिथरिको समस्याः ल्यापटप र प्रिन्टर चोरी

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

माओवादीको महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी

काठमाडाैं : नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ।कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए।आचार्यका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ। फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ। प्रेस संयोजक आचार्यका अनुसार साँझ ५ बजेमात्र मिडिया सेन्टरमा प्रवेश दिइनेछ। महाधिव

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ

काठमाडौं– नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा […]

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी

नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ । प्रेस संयोजक आचार्यका अनुसार साँझ ५ बजेमात्र मिडिया सेन्टरमा प्रवेश दिने आचार्यको भनाइ ।महाधिवेशनस्थ

राष्ट्र बैंकका सेकेन्डह्यान्ड कम्प्पुटर, ल्यापटप लिलाम बिक्रिमा

काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकले काम नलाग्ने सम्पत्ति तथा फर्निचर सामानहरु लिलाम गर्ने भएको छ । बैंकलाई काम नलाग्ने सम्पत्ति लिलाम बिक्रिका लागि आइतबार शिलबन्दी बोलपत्र आह्वान गरिएको हो । बैंकको केन्द्रीय कार्यालय परिसरमा रहेका कम्प्युटर,ल्यापटप, प्रिन्टर, फोटोकपि मेसिन, टिभि, प्रोजेक्टर, एसी लगायतका सामानहरु विद्युतिय सामाग्रीहरु र सोफासेट, ¥याक, कुर्सी, टेबल, तथा तामाका […]

सेकेन्ड ह्यान्ड कम्प्यूटर, ल्यापटप तथा फर्निचर बेच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले पुराना इलेक्ट्रिक सामाग्री, कम्युटर, ल्यापटपसहित ६ लाख ६३ हजार रुपैयाँ बराबरको सेकेन्ड ह्यान्ड सामाग्री बेच्ने भएको छ ।  आइतबार एक सूचना जारी गर्दै बैंकले केन्द्रीय कार्यालय बालुवाटारमा रहेको पुराना काम नलाग्ने सम्पति तथा फुटकर फर्निचर सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम विबक्री गर्न चाहेको बताएको हो । बैंकका अनुसार पुराना अफिस इक्विपमेन्ट, कम्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपि मेसिन, टिभी, प्रोजेक्टर, एसी लायत फर्निचहरु टेबल, कुर्सी, सोफासेट र र्याक,