पर्वत जलजलाका सबै विद्यालयमा ल्यापटप र प्रिण्टर

पर्वत । पर्वतको जलजला गाउँपालिकाले सबै विद्यालयमा ल्यापटप र प्रिण्टर उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ल्यापटप र प्रिण्टर उपलब्ध गराइएको गाउँपालिकाले बताएको छ । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार ४४ ओटा विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । प्रावि तहसम्म सञ्चालनमा रहेका आधारभूत विद्यालय, कक्षा आठसम्म सञ्चालनमा आधारित रहेका आधारभूत विद्यालय र त्यसभन्दा माथि कक्षा १२ सम्मका विद्यालयका लागि उक्त सामग्री वितरण गरिएको क्षेत्रीले बताए । वितरण गरिएका ल्यापटप तथा अन्य सामग्रीको प्रयोगका लागि केही समयमै कम्तीमा पनि ३०० शिक्षकलाई एकीकृत तालिम सञ्चालन गर्ने तयारी थालिएको जानकारी उनले दिए । स्थानीय तहभित्र रहेका आठओटा माध्यमिक विद्यालयलाई थप एक/एकओटा ल्यापटप समेत दिइएको छ । ७० हजार रुपैयाँका दरले ५२ ओटा ल्यापटपका लागि ३६ लाख ४० हजार रुपैयाँ र ४४ ओटा विद्यालयलाई ३१ हजार मूल्यका फोटोकपी तथा स्क्यान सुविधा सहितका प्रिन्टर प्रदान गरिएको हो । विद्यालयलाई संघीय सरकारले नै इन्टरनेटका लागि वार्षिक १२ हजार रुपैयाँ दिने व्यवस्था छ । विद्यालयले एकीकृत रूपमा विवरण अद्यावधिक गराउन तथा शिक्षण सिकाइमा समेत प्रविधिको प्रयोगले सहयोग पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले विद्यालयका विवरण एकीकृत रूपमा अनलाइनमा राख्ने सम्बन्धी प्रशिक्षण यसअघि नै गरिसकिएको भए पनि कम्प्युटरबाट गर्न सकिने अन्य कामको बारेमा सिकाउन पुनः पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । शिक्षामा बढी केन्द्रित रहेकाले नै उपकरण प्रदानदेखि भौतिक पूर्वाधार निर्माण पनि गरिरहेको मल्लको भनाइ छ । गाउँपालिकाको वडा–६ शालिजाको सर्वोदय प्राथमिक विद्यालयकी शिक्षक सेतीमाया पाइजा पुनले स्थानीय सरकारको सहयोगले विद्यालयलाई प्रविधिमा जोड्न सहज हुने बताइन् ।

सम्बन्धित सामग्री

ल्यापटप किन्दा के–केमा ध्यान दिने ?

- कार्यालय वा घरैमा एकै स्थानमा धेरै समय बसेर काम गर्नु छ भने ठूलो साइजको ल्यापटप उपयुक्त हुन्छ । यदि ल्यापटप बोकेर घर र अफिस गरिराख्नुपर्छ भने १४ इन्चको स्क्रिन भएको...

हुम्लाको स्वास्थ्यचौकीलाई ल्यापटप सहयोग

काठमाडौँ,२२ पुष । हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मातहातमाका स्वास्थ्यचौकीलाई ल्यापटप र ट्याब उपलब्ध गराएको छ । ल्यापटप र ट्याबको प्रयोगबाट स्वास्थ्यचौकीबाट प्रदान हुने सबै सेवामा रिपोर्टिङ गर्न सहज हुने सिमकोट गाउँपालिका–७ डाँडाफया स्वास्थ्यचौकीका संयोजक सन्तोष बोहराले बताए । स्वास्थ्यचौकीबाट प्रदान हुने सबै प्रकारका सेवाको रिपोर्टिङ अनलाइनबाट गर्नुपर्ने भएकाले ल्यापटप अनिवार्य भएका बेला स्वास्थ्यचौकीलाई […]

प्रविधि मैत्री सिकाइका लागि शिक्षकलाई ल्यापटप

तातोपानी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित नेत्र ज्योति माध्यमिक विद्यालय हाकुँले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । डिजिटल माध्यमबाट पढाउन सहज पुर्‍याउने उद्देश्यसहित ल्यापटप वितरण गरिएको प्रधानाध्यापक जाज्वल्यराज न्यौपानेले बताए । शिक्षकहरूलाई प्रविधिमैत्री शिक्षण गर्नतिर सजिलो होस् भन्ने हेतुले ल्यापटप  वितरण गरिएको न्यौपानेले जानकारी दिए। उनका अनुसार कार्यरत ६ शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ। तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, वडा नम्बर ४ का वडा अध्यक्ष अम्मर

विद्यालयलाई ल्यापटप सहयोग

सिमकोट – दुर्गमको एक विद्यालयलाई ल्यापटप सहयोगस्वरुप उपलब्ध भएको छ। काठमाडौंको सास इस्टिच्युट प्राइभेट लिमिटेडले ती ल्यापटप विद्यालयलाई उपलब्ध गराएको हो। ल्यापटप उपलब्ध गराउन सहजीकरण गरेका सोही विद्यालयका शिक्षक छतुप लामाले न्यून आयश्रोत भएको दुर्गमको बालमन्दिर माविलाई तीन थान ब्रान्डेड ल्यापटप सहयोगस्वरुप उपलब्ध भएको जानकारी दिए। उनले आइतबार एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको जनाए। […]

सैनामैना नगरपालिकाद्वारा शिक्षकलाई ल्यापटप

रुपन्देहीको सैनामैना नगरपालिकामा शिक्षाको गुणस्तर बढाउनको लागि सामुदायिक विद्यालयका शिक्षकहरूलाई ‘एक शिक्षक एक ल्यापटप’ भन्ने  नीति अनुसार ल्यापटप वितरण गरिएको छ । सोमबार एक कार्यक्रमको बीच  नगर प्रमुख चित्रबहादुर कार्कीले नगरका १७ वटा सामुदायिक विद्यालयका १ सय ६० जना शिक्षकलाई ल्यापटप हस्तान्तरण गरेका हुन् ।मेयर  कार्कीले प्रविधिमा आधारित अपनत्वसहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता भन्ने नारा सहित कार्यक्रम यसरी  ल्यापटप वितरण गरिएको बताए । २५

‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम

भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो । कार्यक्रमअनुसार विद्यालयका शिक्षकले ल्यापटप पाएका छन् ।विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिए । उनले अहिलेको समयअनुसार पठनपाठन गराउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै शिक्षकलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्न ल्यापटप

‘एक शिक्षक, एक ल्यापटप’

बागलुङ– सूचना प्रविधिको अवसर र पहुँच बढाउने अभिप्रायले बागलुङ जिल्लाको दुर्गम गाउँपालिका निसीखोला गाउँपालिका–१ मा रहेको देवीस्थान माध्यमिक विद्यालयलले सूचना प्रविधिमैत्री बनाउने प्रयास थालेको छ । इन्टरनेट सेवाको पर्याप्त पहुँच नभएको गाउँपालिका शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि विद्यालयले आफ्नै लगानीमा शिक्षकलाई ल्यापटप वितरण गरेको छ । विद्यालयले ल्यापटप वितरण गरे पनि अधिकांश शिक्षक प्रविधिको सीप कौशलका […]

वीरेन्द्रनगरका ६४ सामुदायिक विद्यालयलाई ल्यापटप

वीरेन्द्रनगर नगरपालिका भित्रका ६४ वटा सामुदायिक विद्यालयहरुलाई ल्यापटप वितरण गरिएको छ । प्रति विद्यालयलाई एक–एक वटाको दरमा ६४ वटा ल्यापटप वितरण गरिएको हो ।कोरोना भाइरस (कोभिड–१९) का कारण शिक्षा क्षेत्रमा नराम्रोसँग प्रभाव परेको छ । त्यसैले वैकल्पिक माध्यामबाट पठन–पाठनलाई निरन्तरता दिनका लागि ल्यापटप वितरण गरिएको नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।ढकालले भनिन, ‘कोरोनाका कारण शिक्षा क्षेत्रमा ठुलो प्रभाव परेको छ । शिक्षा क्षेत्रलाई केही रुपमा मा

जनकल्याण माविले दियो शिक्षकहरूलाई निःशुल्क ल्यापटप

काठमाडौँ। जनकल्याण मावि बौद्धले शिक्षकहरूलाई निःशुल्क ल्यापटप वितरण गरेको छ। प्रविधिमैत्री शिक्षणलाई जोड दिइरहेको विद्यालयले पछिल्लो समय ‘एक शिक्षक एक ल्यापटप कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। सो कार्यक्रममार्फत ८० प्रतिशत शिक्षकलाई विद्यालयले निःशुल्क ल्यापटप वितरण गरिसकेको र बाँकीलाई छिट्टै वितरण गरिने प्रअ कुमारी कमला राईले बताइन्। ल्यापटप वितरणले शिक्षकहरूमा उत्साह थपेको र भर्चुअल सिकाइ प्रभावकारी बनेको शिक्षक बविराम खनालले बताए।

‘एक पत्रकार एक ल्यापटप’

गलकोट, ५ बैशाख । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ । उनीहरुका लागि क्यामेरा, ल्यापटप, कम्युटर, हार्ड डिक्स, मेमोरी कार्ड मोवाईल वाइफाई, इन्टरनेट तथा पेनड्राइभ अति आवश्य वस्तु हो । व्यवसायीक पत्रकारितासमेत गर्नेले सबै प्रविधि युक्त सामग्री खरिद गर्न सकेको अवस्था हुँदैन । अहिलेको महङ्गा क्यामेरा, ल्यापटप […]