सुनको मण्डपमा फेरि ठडिएको काष्ठमण्डप : 'अब काठ खोज्न अन्त जान नपरोस्'

काठमाडौं : २०७२ सालको भूकम्पमा भत्किएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको छ। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गरेकी हुन्।  काठमाडौं महानगरपालिकाको अनुदानमा निर्मित काष्ठमण्डपको आज भण्डारीले लोकार्पण गरेकी हुन्। भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूची क्षेत्रमा रहेको  काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न…

सम्बन्धित सामग्री

राजेश शाक्य : जसले काष्ठमण्डप ठड्याए

काठमाडौं । ५५ वर्षीय राजेश शाक्य, जसको परिचय नै २०७२ साल वैशाख १२ गतेको भूकम्पले लडेको काष्ठमण्डप ठड्याउनुसँगै जोडिएको छ । ७औं शताब्दीको संरचनामा काष्ठमण्डप ठड्याउनका लागि जनकपुर, धनुषामा काठ खोज्न दिनरात नभनी दौडिने सांसद् शाक्यले अहिले पुनः वागमती प्रदेशसभा सदस्यको लागि नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दिनुभएको छ । पार्टीबाट अघिल्लोपटक निर्वाचित ५८ जना […]

काष्ठमण्डपमा पाँचौं शताब्दीको दुलर्भ काठ

उपत्यकाको परिचायकका रुपमा रहेको काष्ठमण्डप सत्तलमा प्रयोग भएको एउटा काठको इतिहास सुन्दा जोकोहिलाई अचम्म लाग्छ। यति पुरानो काठ अहिलेसम्म कसरी टिक्ला? यस्तै प्रश्न धेरैको मनमा उब्जिएला। तर काष्ठमण्डमा प्रयोग भएको...

काष्ठमण्डप पुनर्निर्माणको काम सकियो

ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानबाट ल्याइएका काठ काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेश शाक्यले […]

एउटै जातका रूखबाट पुनर्निर्मित काष्ठमण्डप

काठमाडौं : ऐतिहासिक काष्ठमण्डप एउटै जातको काठ प्रयोग गरेर पुनर्निर्माण भएको छ। एउटै रूखको काठबाट काष्ठमण्डप बनेको इतिहास रहे पनि यसपटक पुनर्निर्माणमा परिवर्तन भएको हो।पुनर्निर्माणको काम पनि अन्तिम चरणमा पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ।शुक्रबार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डपका सबै भित्री काम सकिएको र बाहिरका केही काम मात्र बाँकी रहेको बताए।उनका अनुसार एउटै रूखको काठबाट काष्ठमण्डप बनेको इतिहास रहे पनि अब एउटै जातको काठ

धेरै रुखका काठबाट बन्यो काष्ठमण्डप

एउटै रुखको काठबाट काष्ठमण्डप बनेको किंवदन्ती परिवर्तन गर्दै काष्ठमण्डप फेरि तयार भएको छ । भूकम्पअघिको संरचनामा प्रयोग गरिएका काठ पाँचौँ शताब्दीका थिए तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको हो । वि.सं. २०७२ वैशाखको भूकम्पले भत्काइदिएको काष्ठमण्डप पुनर्निर्माणमा देशका विभिन्न जङ्गलबाट ल्याइएका काठ प्रयोग गरिएको छ । त्यसैले गर्दा अब एउटै रुखको काठबाट बनेको भन्न नमिल्ने भएको हो ।

काष्ठमण्डपमा ठडियो गजुरको काठ

काठमाडौं : २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। शनिवार काष्ठमण्डपको माथिल्लो तल्लाको गजुरको काठ राखिएको छ।   काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ। अहिले सम्म काष्ठमण्डप पुनर्निर्माण काम ९० प्रतिशत…

काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा

हनुमानढोका क्षेत्रको महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो । सम्पदाको पुनर्निर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकत अनुरूप रकम हस्तान्तरण गरिर...

काष्ठमण्डप पुनर्निर्माण नियमित

काठमाडौं । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनर्निर्माणको कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने तर कामदारबीच दूरी कायम गर्ने सहमतिअनुरुप काम भइरहेको हो । यही वैशाखभित्र पुनर्निर्माणको काम सकी उद्घाटन गर्ने तयारी रहे पनि छानो छाउने काठ समयमै उपलब्ध नहुँदा पुनर्निर्माणको काम सक्न अझै केही समय लाग्ने भएको छ । पुनर्निर्माणको कामअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । छानोकै लागि रौतहटबाट ल्याइएका काठ हेटौंडामा आइपुगेको छ । आठसय क्युफिट (घनफिट) काठ चिरेर ल्याउनुपर्ने भएकाले सोहीअनुरुप ल्याउने तयारी भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उक्त सम्पदाको हालसम्म पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ । छानाका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्दछ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप तीन वर्षअघि पुनर्निर्माणका लागि क्षमापूजा गरिएको थियो । उक्त ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौं महानगरपालिकाले सहयोग गर्दै आएको छ । रासस

काष्ठमण्डपमा तराईको काठ र धरहराको माटो

काठमाडौं । भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माणले गति लिएको छ । काष्ठमण्डप पुनर्निर्माणमा तराईको काठ र

काष्ठमण्डप पुनःनिर्माण गर्न टिम्बरले काठ उपलब्ध गराउने

काठमाडौं । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ ।        विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण ...