एउटै रुखको काठबाट काष्ठमण्डप बनेको किंवदन्ती परिवर्तन गर्दै काष्ठमण्डप फेरि तयार भएको छ । भूकम्पअघिको संरचनामा प्रयोग गरिएका काठ पाँचौँ शताब्दीका थिए तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको हो ।
वि.सं. २०७२ वैशाखको भूकम्पले भत्काइदिएको काष्ठमण्डप पुनर्निर्माणमा देशका विभिन्न जङ्गलबाट ल्याइएका काठ प्रयोग गरिएको छ । त्यसैले गर्दा अब एउटै रुखको काठबाट बनेको भन्न नमिल्ने भएको हो ।