काठमाडौं : ऐतिहासिक काष्ठमण्डप एउटै जातको काठ प्रयोग गरेर पुनर्निर्माण भएको छ। एउटै रूखको काठबाट काष्ठमण्डप बनेको इतिहास रहे पनि यसपटक पुनर्निर्माणमा परिवर्तन भएको हो।पुनर्निर्माणको काम पनि अन्तिम चरणमा पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ।शुक्रबार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डपका सबै भित्री काम सकिएको र बाहिरका केही काम मात्र बाँकी रहेको बताए।उनका अनुसार एउटै रूखको काठबाट काष्ठमण्डप बनेको इतिहास रहे पनि अब एउटै जातको काठ