भारत सरकारले नेपालसँग भएको विद्युत् व्यापार सम्झौता (पीटीए) विपरीत अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका कार्यान्वयनका लागि कार्यविधि पठाएको छ । ऊर्जा मन्त्रालयले भारतले ल्याएको अन्तरदेशीय व्यापार निर्देशिका पीटीएविपरित भएको भन्दै भारत सरकारलाई आफ्नो प्रतिक्रिया पठाए पनि उही प्रावधानलाई कार्यान्वयन गर्नेगरी कार्यविधि पठाएको छ । १० महिनाअघि ऊर्जा मन्त्रालयले पठाएको भनिएको प्रतिक्रियाबारे कुनै उत्तर नफर्काएको भारतले उही प्रावधानलाई राखेर कार्यविधि पठाएपछि यसलाई जलविद्युत्प्रति भारतको अनुदार नीति र नेपाल सरकारको कमजोर पहलकदमीको रुपमा लिइएको छ ।