अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका जारी गर्न माग

भारतले अन्तरदेशीय विद्युत् व्यापार कार्यविधि जारी गरेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूले नेपालले पनि अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका जारी गर्नुपर्ने माग गरेका छन् । भारतले आफूसँग ऊर्जा व्यापार सम्झौता भएका मुलुकसँग विद्युत् व्यापार गर्न ल्याएको निर्देशिकाअनुसार गत साता कार्यविधि जारी गरेको हो ।

सम्बन्धित सामग्री

निजी क्षेत्रले तत्काल विद्युत् व्यापारको लाइसेन्स नपाउने

सरकारले जारी गर्न खोजेको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका र कार्यविधि कानुन मन्त्रालयले रोकिदिएको छ । निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने व्यवस्थासहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको निर्देशिका र कार्यविधिको मस्यौदालाई सैद्धान्तिक सहमति दिन कानुन मन्त्रालयले इन्कार गरेको हो । कानुनी राय माग गर्दै ऊर्जा मन्त्रालयले ‘अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका, २०७८’ र ‘विद्युत् व्यापार अनुमति कार्यविधि, २०७८’ को मस्यौदा कानुन मन्त्रालयमा पठाएको थियो । तर, ऐनमै नभएको विषयमाथि निर्देशिका र कार्यविधि बनाउन नपाइने राय कानुन मन्त्रालयबाट आएको हो ।

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने तयारी

विद्युत् विधेयक संसद्बाट स्वीकृत हुन नसकेपछि मन्त्रिपरिषदको निर्णयबाट निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने तयारी सरकारले गरेको छ । ‘अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका २०७८’ र ‘विद्युत् व्यापार अनुमति कार्यविधि २०७८’ जारी गरेर निजी क्षेत्रका कम्पनीलाई विदेशमा विद्युत् बेच्न अनुमति दिन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

विद्युत् व्यापारका लागि नेपालतर्फ नीतिगत र कानुन बनाउः इपान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले विद्युत् व्यापारका लागि आवश्यक नीतिगत र कानुनी व्यवस्था गर्न माग गरेका छन् । हालै भारतले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका जारी गरेर बाटो खुला गरेपनि नेपालले भने आवश्यक नीति नियम नबनाएको भन्दै इप्पानले सो माग गरेको हो ।बिहीबार पत्रकार सम्मेलनमार्फत इपानका पदाधिकारीहरुले भारतले विद्युत् व्यापारका लागि आवश्यक कार्यविधि ल्याइसकेकाले भारत, […]

बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई अनुमति दिन माग

नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति दिन स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले सरकारसँग माग गरेको छ ।     इपानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको बिजुली बिक्रीका लागि आवश्यकपर्ने नीति शीघ्र तय गर्न र कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । भारत सरकारकातर्फबाट त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणले यही फागुन १४ गते जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिले बिजुली व्यापारका लागि सहज भएको इपानको भनाइ छ ।   ...

विद्युत् व्यापार गर्ने नेपालको कार्यविधि खै ?

केही दिनअघि भारतले जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिपछि नेपालको बिजुली व्यापारका लागि ढोका खुलेको भन्दै यसको सरकारी र निजी क्षेत्र दुवैबाट स्वागत गरियो । हुन पनि आगामी वर्षा समयमा झण्डै १५ अर्बबराबरको ५५० मेगावाट बिजुली खेर जाने प्रक्षेषणका कारण चिन्ता बढिरहेको बेला कार्यविधिले भारतको दैनिक बजार, आपसी सौदाबाजी र प्रतिस्पर्धामार्फत् बिजुली बेच्नका लागि बाटो […]

भारतसँग विद्युत् व्यापारका लागि अन्तरिम व्यवस्थाको प्रस्ताव

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारका लागि भारतसँग अन्तरिम व्यवस्था मिलाउनका लागि प्रस्ताव गरेको छ । विद्युत् व्यापार सम्झौता (पीटीए) पछि भारतले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका जारी गरेपनि बिजुल रुल सीबीआर भारतले पारित नगर्दा विद्युत् व्यापार अघि बढ्न नसकिरहेको बेला मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो । लकडाउनपछि विद्युत्को माग घटेसँगै खेर जाने थालेपछि खपत बढाउने र विद्युत् व्यापार गराउने विषय सरकारका लागि टाउको दुखाईको विषय बनेको छ ।