नेपाली कांग्रेस (प्रजातान्त्रिक) लाई २०६४ सालमा नेपाली कांग्रेसमा एकीकरण गर्दा शेरबहादुर देउवाले पार्टीभित्र ४० प्रतिशत हिस्सा पाएका थिए । २०७२ फागुनमा भएको पार्टीको १३ औं महाधिवेशनमा उनले पहिलो चरणमै ४९ दसमलब ७६ प्रतिशत मत ल्याए । दोस्रो चरणमा ५८ प्रतिशत मतसहित विजयी भए । १४ औं महाधिवेशन नजिकिँदै जाँदा देउवाका सहयात्री टाढिएका छन् ।