काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘शिक्षा विधेयक, २०८०’ लाई गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता हुने गरी संशोधन गर्न शिक्षा क्षेत्रका सरोकारवाला, अभिभावक र संस्थाले सुझाएका छन् । विधेयकमाथिको समितिको आजको छलफलमा सुझाव दिने क्रममा शिक्षा नीति तथा अभ्यास केन्द्रले प्रबुद्ध शिक्षाविद् एवं अभियन्ताका तर्फबाट तयार गरिएको सुझावपत्र प्रस्तुत गर्दै सबै बालबालिकालाई देशको […]