नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आमनिर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् ।
बुधवार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आमनिर्वाचनमा पार्टीलाई एक बनाएर लैजान सक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको बताएका हुन् । देउवाले सबै नेताहरूलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनले बताए ।
पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री देउवालाई ब...