कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत

काठमाडौं : नेपाली कांग्रेसको प्रवक्तामा डाक्टर प्रकाशशरण महत नियुक्त भएका छन्।सभापति शेरबहादुर देउवाले महतलाई आज प्रवक्तामा नियुक्त गरेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। यसअघिका प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि प्रवक्ता खाली थियो।