देउवाको महामन्त्री उम्मेदवारमा प्रकाशशरण महत र प्रदीप पौडेल

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीको उम्मेदवार टुंगो लगाएका छन् । उनको टिमबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल कृष्ण सिटौला समूहका उम्मेदवार हुन् । संस्थापन समूहबाट […]

सम्बन्धित सामग्री

मतगणना अपडेट : आधाभन्दा बढी मत गणना सकियो, थापा र शर्माको अग्रता कायमै

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री चुनावको मतगणना मध्यबिन्दुमा पुगेको छ । हालसम्म २५२० मत गणना भएकोमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार अहिलेसम्मको मत परिणाम यस्तो छ : गगन थापा १६४८ प्रदीप पौडेल ७४६ विश्वप्रकाश शर्मा १०१९ मिनेन्द्र रिजाल ४३६ राजाराम कार्की ६४ प्रकाशशरण महत ८२७

१५२० मत गन्दा गगनको ९८५, विश्वप्रकाशले पनि अग्रता बढाए

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ।१५२० गन्दा गगन थापाले ९८५ मत ल्याएका छन्। यस्तै, प्रकाशशरण महत ४९१, प्रदीप पौडेल ४४७, विश्वप्रकाश शर्मा ६०३, मीनेन्द्र रिजाल २५४, राजाराम कार्की ४७ मत प्राप्त गरेको निर्वाचन समितिको सचिव केशव रिजालले जानकारी दिए।

प्रकाशशरणले फेरि उछिने प्रदीपलाई

नेपाली कांग्रेसको महामन्त्रीको प्रतिस्पर्धामा संस्थापन पक्षका उम्मेदवार डा. प्रकाशशरण महत फेरि  तेस्रो स्थानमा आइपुगेका छन् ।  दुई हजार १२० मतगणना हुँदा महतले प्रदीप पौडेललाई उछिन्दै तेस्रो स्थानमा आएका हुन् ।  यसअघि गगन थापा, विश्वप्रकाश  शर्मापछि तेस्रोमा प्रदीप पौडेल थिए ।  गगनले १३८५ मत पाउँदा विश्वप्रकाशले ८५१ र महतले ६९८ मत पाएका छन् । प्रदीपले ६२१ मत पाएका छन् । मीनेन्द्र रिजालले ३६५ र राजाराम कार्कीले ५९ मत पाएका छन् ।

प्रदीप पौडेललाई उछिन्दै प्रकाशशरण महत तेस्रो स्थानमा

नेपाली कांग्रेसको महामन्त्रीको प्रतिस्पर्धामा संस्थापन पक्षका उम्मेदवार डा. प्रकाशशरण महत तेस्रो स्थानमा आइपुगेका छन् ।  एक हजार १९५ मतगणना हुँदा महत तेस्रो स्थानमा आएका छन् । यसअघिसम्म गगन थापा, विश्वप्रकाश  शर्मापछि तेस्रोमा प्रदीप पौडेल थिए ।  गगनले ७५६ मत पाउँदा विश्वप्रकाशले ४९० र महतले ३८९ मत पाएका छन् । प्रदीपले ३६९ मत पाएका छन् । मीनेन्द्र रिजालले २२३ र राजाराम कार्कीले ३९ मत पाएका छन् । बुधवार मध्यरातमा सम्पन्न मतगणनाका उपसभापतितर्फ संस्थापन पक्षका पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए । &...

महामन्त्रीको मतगणना : सय मत गन्दा गगन पहिलो

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता देखिएको छ। एक सय मत गन्दा महामन्त्रीमा गगनकुमार थापा ७० मत ल्याएका छन्। यस्तै, डा प्रकाशशरण महत ३१, प्रदीप पौडेल २७, डा. मीनेन्द्र रिजाल २१, डा. राजाराम कार्की  र विश्वप्रकाश शर्मा ३४ मत प्राप्त भएको छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

काँग्रेस महामन्त्रीमा गगन थापाको अग्रता

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापाले अग्रता लिएका छन् । १४ औँ महाधिवेशनअन्तर्गत दुई महामन्त्रीका लागि भएको निर्वाचनको जारी मतगणनामा थापाले प्रारम्भिक अग्रता लिएका हुन् । एक सय मत गन्दा गगनले ७० मत ल्याएका छन् । दोस्रोमा विश्वप्रकाश शर्माले ३४ मत प्राप्त गरेका छन् । संस्थापन पक्षका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल […]

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा गणना सुरु भएको हो । सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको समूहबाट डा.राजाराम कार्की महामन्त्रीका उम्मेदवार हुनुहुन्छ । महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनेछन् । सभापतिमा देउवा र उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला...

‘केन्द्रीय सदस्य थिएँ,महामन्त्री भएर काम गर्न चाहें’

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको भन्दा कम छैन महामन्त्री पदको प्रतिस्पर्धा । डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजालसँगै युवा नेताहरु विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल उम्मेदवार छन् । कृष्ण सिटौला समूहमा रहेका पौडेल, शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बन्दा विश्वप्रकाश शर्मा, प्रकाशमान सिंहको टिममा पुगे । महामन्त्रीका उम्मेदवार पौडेल […]

दुई महामन्त्रीका लागि भिड्दैछन् पाँच जना, कसको पोजिसन के?

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। विधानअनुसार २ महामन्त्री निर्वाचित हुनेमा यस पदका लागि ५ जनाको उम्मेद्वारी परेको छ। दोस्रोपटक सभापतिका लागि उम्मेद्वारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवा टिमबाट डा प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेद्वार हुन्। डा शेखर कोइराला नेतृत्वको टिमबाट रक्षामन्त्री डा…

कांग्रेस सभापतिमा शेरबहादुर देउवाले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार साढे ४ बजे उनले आफ्ना टिमका सदस्यसहित राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान […]