नेपाली कांग्रेसको महामन्त्रीको प्रतिस्पर्धामा संस्थापन पक्षका उम्मेदवार डा. प्रकाशशरण महत तेस्रो स्थानमा आइपुगेका छन् ।
एक हजार १९५ मतगणना हुँदा महत तेस्रो स्थानमा आएका छन् । यसअघिसम्म गगन थापा, विश्वप्रकाश शर्मापछि तेस्रोमा प्रदीप पौडेल थिए ।
गगनले ७५६ मत पाउँदा विश्वप्रकाशले ४९० र महतले ३८९ मत पाएका छन् । प्रदीपले ३६९ मत पाएका छन् । मीनेन्द्र रिजालले २२३ र राजाराम कार्कीले ३९ मत पाएका छन् ।
बुधवार मध्यरातमा सम्पन्न मतगणनाका उपसभापतितर्फ संस्थापन पक्षका पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए । &...