रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा ‘वार्षिक राष्ट्रिय सम्मेलन’ सम्पन्न गरेको छ । यस्तो खालको सम्मेलन कम्पनीले वार्षिक रुपमा गर्दै आएको छ । देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित सिनियर मेनेजमेन्ट टिम सहभागी सम्मेलनमा कम्पनीको आगामी १ बर्षभित्र गर्नुपर्ने काम, कम्पनीको व्यापारिक धारणा, विभन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र आगामी दिनमा बीमाको दायरालाई फराकिलो कसरी बनाउने भन्नेबारे गम्भीर छलफल