रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ । यसमा रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको शीर्ष व्यवस्थापन टोलीको सहभागिता रहेको थियो । सम्मेलनमा विशेष गरी कम्पनीको आगामी १ वर्षभित्र गर्नुपर्ने कामहरू, कम्पनीको व्यापारिक धारणा, विभिन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरूबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई