शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखलाई १५ –१५ दिनभित्रको कार्यसम्पादनको रिपोर्ट बुझाउन निर्देशन दिएका छन् । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५– १५ दिनको कार्यसम्पादनको रिपोर्ट बुझाउन निर्देशन दिएका हुन् । ‘एक हप्तामा गर्न सक्ने काम के के हुन् रिपोर्ट गर्नुहोस्,’ मन्त्री पौडेलले भने, ‘अर्को हप्ता काम गरी नतिजा ननिस्कने गरी काम हुनपर्यो होइन भने कारण चाहियो ।&