श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सिलर र श्रम सहचारीलाई सो निर्देशन दिएका हुन् ।श्रम सहचारीको अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री श्रेष्ठले श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको […]