श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सेवाग्राहीबाट कुनैपनि प्रकारको गुनासो नआउने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले आ–आफ्नो परिभाषित काम र जिम्मेवारीलाई कुनैपनि प्रकारका गुनासो नआउने गरी पुरा गर्न निर्देशन दिएका हुन् । उनले कार्य सम्पादनमा ढिला नगर्न पनि निर्देशन दिए । मन्त्रालयलाई विकासमा लानको लागि अनुशासनको आवश्यकता रहेको भन्दै उनले अनुशासनको परिपालना गर्न पनि आग्रह गरे ।उनले भने– &ls