हिमाल हेरेको आम्दानी त्रिसट्ठी लाख

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पहाडको टुप्पोमा रहेको सुन्दर पर्यटकीय स्थल घोडेपानीको पुनहिलबाट हिमाल हेरेबापत गाउँपालिकाले वार्षिक रूपमा ६३ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्राका लागि आएका पर्यटक घोडेपानीबाट बिहानै सूर्योदय र हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न पुनहिल पुग्ने गर्दछन् । पर्यटकको प्रवेश शुल्क, कफी सप तथा रेस्टुरेन्ट सञ्चालन गर्न पालिकाले वार्षिक रूपमा पुनहिललाई आय ठेक्कामा लगाउने गरेको छ । उक्त आय ठेक्कामा लगाएबापत चालु आर्थिक वर्षमा पालिकाले ६३ लाख ११ हजार रुपियाँ आन्तरिक आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

हिमाल आरोहण गर्न ९०३ ले लिए अनुमति

काठमाडौं  । २०२३ को वसन्तऋतु शुरू भएसँगै mount everest आरोहणका लागि अनुमति लिने क्रम बढेको छ । पर्यटन विभागका अनुसार हालसम्म नेपालसहित ५८ मुलुकका पर्वतारोहीले सगरमाथा आरोहण अनुमति लिएका हुन् ।  विभागले ७२ महिलासहित ३९६ जनालाई यो सिजनमा सगरमाथा चढ्न अनुमति दिएको छ । अनुमति लिएको ७५ दिनसम्ममा पर्वतारोहीले सगरमाथा आरोहण गरिसक्नुपर्छ । वसन्त ऋतुमा आरोहीले खासगरी सगरमाथा आरोहण गर्न बढी रुचाउँछन् । विभागले ६ हजार मीटरभन्दा अग्ला अन्य हिमाल र हिमचुचुरा आरोहणका लागि पनि अनुमति जारी गर्छ ।  यो सिजनमा सगरमाथा आरोहण अनुमतिबाट विभागले ५५ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सगरमाथा सहित २३ ओटा हिमाल तथा चुचुरा आरोहण अनुमति जारी गर्दा विभागले कुल ६४ करोड ४८ लाख राजस्व संकलन गरेको छ । सगरमाथा आरोहणका लागि पर्वतारोहीले अन्य हिमाल तथा चुचुराको तुलनामा बढी राजस्व बुझाउनुपर्ने हुँदा यसबाट हुने आम्दानी बढी नै हुन्छ ।  यो सिजनमा कुल ९०३ पर्वतारोहीले विभागबाट अनुमति पाएका छन् । सगरमाथापछि बढी आरोहीको रोजाइमा परेको हिमाल ल्होत्से हो । विभागका अनुसार ल्होत्से आरोहणका लागि ८० पर्वतारोहीले अनुमति लिएका छन् ।  विभागले अन्नपूर्ण, सुर्मासरोवर, पाँग्री गोल्डुम्बा, मनासलु, थोरोङ पिक, बरूण त्से, नुप्त्से, हिमलुंग हिमाल, धवलागिरि, थापा पिक, अमादब्लम, मकालु, अरनिको चुली, पुमोरीलगायत हिमाल आरोहणका लागि अनुमति दिएको छ ।

हिमाल आरोहणबाट आम्दानी

पछिल्लो पटक आएका समाचारका अनुसार यसपालिको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी तथा स्वदेशी पर्वतारोहीबाट नेपाल सरकारले ४८ करोड १ लाख १९ हजार ५ सय १ नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा सलामी दस्तुरबाट मात्रै आम्दानी गर्न सफल भएको छ । तथ्यांक हेर्दा यो वर्ष स्वदेशी तथा विदेशी पर्वतारोहीबाट वसन्त ऋतुमा मात्रै नेपाल सरकारले […]

हिमाल आरोहणमा आकर्षण

नेपालमा मानिसले आफ्नो जन्मथलोभन्दा टाढाको देशमा गएर लाखौंलाख खर्च गरेर कैयौं दिन लगाएर ज्यानसमेत जोखिममा राखी विश्वका अग्ला र खतरनाक मानिने हिमाल चढ्ने गर्छन् । मानिस आफ्नो ज्यानको समेत पर्वाह नगरी किन हिमाल चढ्छन् त ?   विदेशीहरू किन हिमालय क्षेत्रमा घुम्न आउँछन् भन्ने विषयमा नेपालका भूगोलविद् तथा अनुसन्धानकर्ता डाक्टर हर्क गुरुङले भनेका छन्, ‘पशुले आहारा खोजेझैं मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईर्ष्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो । पर्वत संसारको सबभन्दा गोप्य अंग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ र ... ।’ हुन पनि डाक्टर हर्क गुरुङले भनेझैं नेपालमा प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोही पर्वतारोहणका लागि आइरहेका छन् । हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न नेपाली पर्वतारोहीभन्दा ९९ गुणा बढी विदेशी पर्वतारोहीहरू आउने गरेका छन् । नेपाली पर्वतारोहीहरू ‘पेशेवर पर्वतारोही’ हुन अझै धेरै समय लाग्ने देखिन्छ । विदेशी पर्वतारोहीहरूले नेपालका हिमाल चढ्न आउँदा सरकारलाई सलामी ‘रोयल्टी’ तिर्ने गरेका छन् । गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना बराबर ६ हजार नेपाली रुपैयाँ मात्रै लाग्थ्यो । अहिलेको अवस्था बेग्लै छ । विदेशी पर्वतारोहीहरूले अहिलेको अवधिमा सगरमाथा चढ्न मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । उनीहरूले गर्ने अन्य खर्च धेरै हुन्छ । गतवर्षको हिउँदे याममा मात्रै नेपालका ५३ ओटा विभिन्न हिमाल आरोहणका लागि विदेशी पर्वतारोही आएका थिए । तीमध्ये २७ ओटा हिमाल मात्रै पर्वतारोहीले सफलतापूर्वक आरोहण गरेका थिए । गतवर्ष हिउँद यामको पर्वतारोहणमा जाने आरोहीबाट सरकारले अनुमति दिएबापत ६ करोड ५३ लाख ८३ हजार रुपैयाँ सलामी दस्तुर उठाएको थियो । गतवर्षको वसन्त ऋतुमा विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीले तिरेको सलामी (रोयल्टी) बापत मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । यो वर्षको वसन्त ऋतुमा पनि सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि आउने विदेशी पर्वतारोहीबाट नेपाल सरकारले मनग्य सलामी दस्तुर आम्दानी गर्ने देखिन्छ । हालसम्म ४ सय १४ ओटा हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि खुला गरेको भए तापनि विश्वकै अग्लो हिम चुचुरो सगरमाथा तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैटौं अग्लो चो–ओयु, सातौं अग्लो धवलागिरि, आठौं अग्लो मनास्लु, १० औं अग्लो अन्नपूर्ण प्रथम हिमालमा पर्वतारोहीहरूको बढी आकर्षण देखिन्छ ।   लेखक पर्यटनकर्मी हुन् ।

हिमाल आरोहीबाट यो वर्ष कति आम्दानी होला ?

अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरूले तिरेको सलामी (रोयल्टी) बाट सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै, पर्यटन व्यवसायी, होटेल व्यवसायी, सरदार, क्ल्याम्बिङ शेर्पा, रूट गाइड, आइसफल डाक्टर, हाई एल्टिच्युड शेर्पा, कुक, किचन ब्वाई, चौरी–नाक–याक धनी, भरिया र अन्य कामदारहरूले पनि सगरमाथा हिमाल आरोहण गर्न आएका पर्वतारोहीबाट राम्रो आम्दानी  गरेका थिए । सबै हिमालबाट सरकारले विभिन्न देशका पर्वतारोहीबाट सलामी (रोयल्टी) दस्तुरबापत ७१ करोड ४८ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । कोरोना महामारीकै बीच विभिन्न हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरूबाट यति राजस्व प्राप्त गर्नु चानचुने कुरो पक्कै होइन । तर, यो वर्षको वसन्त ऋतुमा हिमाल आरोहणबाट गतवर्षको सिजनमा जस्तो नेपाल सरकार एवम् नेपाली पर्यटन व्यवसायीहरूलाई आम्दानी  नहुने देखिन्छ । गएको वैशाख ४ गतेसम्म विभिन्न देशका ९१ पर्वतारोहण दलका ७४० जना पर्वतारोहीले मात्रै नेपालमा रहेको विभिन्न हिमाल आरोहण गर्नका लागि अनुमति लिएका छन् । चैत २३ सम्ममा यो सिजनमा नेपालमा रहेको विश्वकै अग्लो (८ हजार ८ सय ४८.८६ मीटर ) सगरमाथा अर्थात् चोमोलुङमा हिमाल आरोहणका लागि विभिन्न देशका ३२ आरोहण दलका २६२ जना पर्वतारोहीले अनुमति लिइसकेका छन् । ती ३२ पर्वतारोहण दलका ११७ जना पर्वतारोहीमध्ये १८ जना पर्वतारोही त रूसका मात्रै रहेका छन् । रूस–युक्रेन युद्घ शुरू भएपछि युक्रेन सरकारले औपचारिक रूपमै अनुरोध गरेर रूसका पर्वतारोहीहरूलाई प्रतिबन्ध लगाउन नेपाल सरकारलाई आग्रह गरेको थियो । तर, सरकारले युक्रेन सरकारको उक्त आग्रहलाई स्वीकार गरेन । रूसका पर्वतारोहण दललाई नेपाल सरकारले सगरमाथालगायत केही हिमाल आरोहण गर्ने अनुमति दिइसकेको छ । रूस–युक्रेन युद्घ शुरू हुँदा ताका नै नेपालले रूसको विरुद्घमा मत जाहेर गरेको थियो । जे भए तापनि विभिन्न देशका पर्वतारोहीहरू नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न आउने क्रम जारी रहेको छ । यो क्रम सम्भवत: अप्रिलको तेस्रो हप्तासम्म जारी रहनेछ । हरेक वर्षको अप्रिल महीनाको अन्तिमदेखि मे महीनाको अन्तिम–जुन महीनाको पहिलो हप्तासम्म मात्रै नेपालका हिमाल आरोहण गर्न सकिन्छ । त्यसपछि नेपालमा रहेका प्राय: सबै हिमालमा हिउँ पग्लने क्रम शुरू हुन्छ । त्यसैले नेपालमा जुन महीना लागेपछि प्राय: सबै हिमाल आरोहण गर्न बन्द हुन्छ । त्यसपछि नेपालमा हिमाल आरोहण असम्भव जस्तै हुन्छ । विभिन्न देशका ९१ ओटा पर्वतारोहण दलका ७४० जना पर्वतारोहीले नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन् । त्यसमा सगरमाथासहित नेपालका अन्य २२ ओटा हिमाल रहेका छन् । हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै पर्वतारोही अमेरिकाबाट आएका छन् ।  अमेरिकाबाट मात्रै ११७ जना पर्वतारोही विश्वकै अग्लो हिमाल सगरमाथासहित नेपालमा रहेका अन्य हिमाल आरोहण गर्न नेपाल आइसकेका छन् । ४२ जना अमेरिकी पर्वतारोही त सगरमाथा आरोहण गर्न मात्रै आएका छन् । यो सिजनमा अमेरिकी पर्र्वतारोहीहरू अरू थपिने सम्भावना पनि रहेको छ । गतवर्षको पर्वतारोहणको सिजनको शुरू ताका नै भारतको गुजरात, मुम्बईलगायत राज्यमा समुद्री आँधी र भारतकै पश्चिम बंगाल र बंगलादेशलगायत क्षेत्रमा आएको अर्को समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । त्यसको फलस्वरूप हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउपातका कारण धेरै दिनसम्म पर्वतारोहण कार्य नै रोकियो । फलत: गएको सिजनमा आधाभन्दा पनि कम पर्वतारोहीहरूले मात्रै सगरमाथालगायत अन्य हिमालमाथि विजय प्राप्त गर्न सकेका थिए । विश्वमा हालसम्म मान्यता प्राप्त ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमाल एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व पैmलिनु र ती १४ ओटा हिमालमध्ये ८ ओटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीका लागि सौभाग्य भएको छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा चीन–नेपाल सीमामा अवस्थित ८ हजार १३ मीटर अग्लोसम्म रहेका छन् । त्यसमाथि गएको वर्ष विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर कायम भएको छ भने, त्यसअघि सगरमाथा अर्थात् चोमोलुङमाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक मानिँदै आएको थियो । आशा गरौं, नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूले पर्वतारोहणबाट यसवर्ष राम्रो कमाइ गर्न सक्ने देखिन्छ । जति पनि विदेशी तथा स्वदेशी पर्वतारोहीले नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्, सकेसम्म उनीहरू सबैले सफलता पाऊन्, गतवर्ष जस्तोे पर्वतारोहणको सिजनको शुरू ताका नै भारतको गुजरात, मुम्बईलगायत राज्यमा आएका आँधीका कारण नेपालको पर्वतारोहणमा नराम्रोसँग असर पर्‍यो, यो वर्ष त्यस्तो नहोस् । केवल हाम्रो देशमा रहेका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीलाई मात्रै नभएर हामी सबैलाई हिमालकी देवीले खुशीका साथ सफलताका लागि आशीर्वाद दिऊन् । यसरी हिमाल आरोहणमा आएका पर्यटकबाट सरकारले यस वर्ष ३९ करोड ५२ लाखभन्दा बढी रुपैयाँ राजस्व प्राप्त गरेको छ । आशा गरौं, हिमाल आरोहणमा आउने पर्यटकको संख्या बढ्दै जाओस् । तर, के बिर्सनु हुँदैन भने सगरमाथा आरोहण गर्नेहरूको भीड जाममा परेको तस्वीर विश्व सञ्चारमाध्यममा जाँदा यसले हिमाल आरोहणमा आउने आरोहीहरूमाझ नकारात्मक सन्देश जान सक्छ । त्यसैले कति आरोहीलाई अनुमति दिने र राजस्व कति लिने भन्नेमा विशेष ध्यान जानु आवश्यक छ । लेखक पर्यटनकर्मी हुन् ।

हिउँदे सिजनमा हिमाल आरोहण : ५ करोड ६१ लाख राजस्व संकलन

सन् २०२२ को सुरुवाती तीन महिनामा हिमाल आरोहणबाट मात्रै सरकारले साढे ५ करोड रुपैयाँ माथिको राजस्व संकलन गर्न सफल भएको छ । पर्यटन बोर्डकाअनुसार हिउँदे सिजनका लागि विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएका १५६ आरोहीबाट कुल ५ करोड ६१ लाख ४४ हजार ५५० रुपैयाँ संकलन भएको हो । यस्तो आम्दानी अमेरिकी डलरमा ४ लाख ६३ हजार २०० अमेरिकी डलर रहेको विभागले जनाएको छ । विभागकाअनुसार जनवरी १ देखि मार्च ३१ सम्म विभिन्न समयमा ६ हजार १५० मिटरदेखि ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाको आरोहणका लागि १५३ जनाले विभागबाट स्वी

उच्च हिमालबाट हुने आम्दानी

गएको वसन्तऋतुमा सगरमाथाबाट मात्रै नेपाल सरकारले लगभग ६७ करोड नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको छ । त्यस्तै पर्यटन व्यवसायी र कामदारले पनि पर्वतारोहण पेशाबाट राम्रो आम्दानी गर्ने गरेका छन् । गएको वसन्तऋतुमा विभिन्न देशका आरोहीलाई नेपालका विभिन्न हिमालहरू चढ्न दिएबापत पर्वतारोहीले तिरेको रोयल्टी दस्तुर मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ रहेको छ । विश्वका ८ हजार मीटरभन्दा माथिका सबै अर्थात् १४ ओटै हिम चुचुराहरू एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्वफैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ । कोरोना महामारी विपत्ति बाँकी नै भएको अवस्थामा पनि यस वर्षको (सन् २०२१) को हिउँदो र वसन्त याम (दुवै सिजन) मा विभिन्न देशका विदेशी पर्वतारोही दलका सदस्यहरूले नेपालमा रहेको ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा लगायत अन्य १६ ओटा हिमाल चढ्न आएका थिए । हुन त उक्त सिजनको शुरू ताका (चोमोलुङमा चढ्ने क्रम शुरू हुँदै गर्दा) भारतको गुजरात, मुम्बई लगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी, भारतकै पश्चिम बंगाल र बंगलादेश लगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । त्यसैका कारण हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ पर्नाका कारण धेरै दिनसम्म आरोहण कार्य नै रोकियो । फलतः गएको सिजनमा आधाभन्दा कम पर्वतारोहीले मात्रै सगरमाथामाथि विजय प्राप्त गर्न सके । गएको वर्ष जाडो मौसम (विन्टर सिजन) मा पनि विभिन्न देशका १० ओटा विदेशी पर्वतारोहण दलका ४५ जना सदस्य नेपालका विभिन्न हिमाल आरोहण गर्न गएका थिए । सौभाग्यवश त्यसमा ८ हजार मीटरभन्दा माथिको मनास्लु हिमाल पनि परेको थियो । ८ हजार १६३ मीटर अग्लो मनास्लु हिमाल आरोहण गर्न मात्रै गएको वर्षको जाडो मौसममा दुई आरोहण दलका १४ जना पर्वतारोहीहरू मनास्लुतर्फ गएका थिए । बाँकी आठओटा हिमाल आरोहण टोलीले भने ५ हजार ७ सय मीटरभन्दा अग्लो लुजा पिकलगायत अन्य हिमाल चढ्न गएका थिए । ती हिमाल चढेबापत विदेशी पर्वतारोहीले गएको वर्ष (सन् २०२१ मा) मात्रै नेपाल सरकारलाई राजस्व (रोयल्टी) बापत लगभग ९ लाख ८ लाख ९६ हजार ५ सय नेपाली रुपैयाँ तिरेका थिए । विश्वका ८ हजार मीटरभन्दा माथिका सबै अर्थात् १४ ओटै हिम चुचुराहरू एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मीटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८ हजार ८ सय ४८ दशमलव ८६ मीटर) हो भने हो भने, उक्त हिमाल सन् १९५३ मे २९ मा न्यूजील्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए । विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मीटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए भने, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (सेवालुङ/सेन्छेलुङ) हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मीटर हो । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मीटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै पवश्वको पाँचौं अग्लो हिमाल मकालु (सेसेलुङ) हो । यसको उचाई ८ हजार ४ सय ६३ मीटर रहेको छ भने, जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको एक जन्ती टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । त्यस्तै विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मीटर रहेको छ । सन् १९८४ अक्टोम्बर १९ मा (धेरै ढिला गरी) अस्ट्रिेलियाली नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन नेपाली नागरिक दावा (लामा) शेर्पाले आरोहण गरेका थिए । विश्वको सातौं अग्लो हिमालचाहिँ धवलागिरि हो । यसको उचाई ८ हजार १ सय ६७ मीटर रहेको छ भने, सन् १९६० को १३ मे मा स्वीटजरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मीटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरू हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १०औं अग्लो हिमालचाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मीटर रहेको छ । त्यस्तै यो हिमाल नै हो, समुन्द्र सतहबाट नाप्दा ८ हजार मीटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलोपटक मानव पाइल राख्न सफल भएको, हिमाल । उक्त हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थए । लेखक पर्वतारोहण व्यवसायमा संलग्न छन् ।

तेस्रो त्रैमासमा हिमाल दोलखा हाइड्रोपावरको नाफा ११ लाख ३३ हजार

जेठ २५, काठमाडौं । हिमाल दोलाखा हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. ११ लाख ३३ हजार नाफा कमाएको छ ।  कम्पनीले सो अवधिमा विद्युत् विक्रीबाट रू. ११ करोड ८३ लाख ७४ हजार आम्दानी गरेको छ । चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको कम्पनीको जगेडा कोष रू. २२ करोड ८८ लाख ऋणात्मक रहेको छ ।त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी शून्यद दशमलव शून्य ७ पैसा र प्रतिशेयर नेटवर्थ रू.८५ दशमलव ७० रहेको छ ।

सुन्तला बिक्रीवाटै ४० लाख आम्दानी, सिसिक्यामेरावाट निगरानी

तनहुँ । बाँझो पाखामा हिमाल प्रस्ट देखिने स्थान भए पुग्ने, एक पटक रोपेर मल, जल गरेपछि समय ,समयमा किट्नाषक औंषधी...

सिजनमा ६ करोड राजस्व जम्मा

सिजनमा हिमाल आरोहणबाट ६ करोड ३७ लाख ७२ हजार ९१ रुपैयाँ राजस्व आम्दानी भएको छ ।