रोजगारी खोज्दै विदेश जाने बढे, रेमिट्यान्स भने घट्यो

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या बढेको छ । तर, विदेशमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) भने घटेको छ ।  वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य वृद्धि भई १३ हजार ८०० पुगेको हो ।विप्रेषण आप्रवाह भने १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको साउन महिनामा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो ।  वैदेशिक रोजगारीका लागि पु

सम्बन्धित सामग्री

विदेश जाने श्रमिक ३६२ प्रतिशतले बढे, रेमिट्यान्स २७ प्रतिशत मात्रै वृद्धि

कोभिडपछि वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने नेपाली कामदारको संख्या निकै बढेको छ । तर, रेमिट्यान्स आप्रवाहको दर भने न्यून छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८० को पूर्वसन्ध्यामा नेपाल ट्रेड युनियन...

रेमिट्यान्स झन्डै २० प्रतिशतले बढ्याे, विदेश जाने पनि बढे

काठमाण्डाै – चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु आवको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेकाे छ । अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमवल आठ प्रतिशतले घटेको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११ दशमलव तीन प्रतिशतले बढेर एक अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्त...

१ महिनामा ९२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे, विदेश जाने बढे

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा रेमिट्यान्स भित्रिने क्रम २० दशमलव तीन प्रतिशतले बढेकाे छ ।  नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकाे जनाएको छ । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स १७ दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव पाँच प्रतिशतले वृद्धि भइ ७२ करोड ४० लाख रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव आठ प्रतिशतले घटेको थियो । ...

देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नियमावली संसोधन गर्दै नयाँ स्टक एक्सचेन्ज ल्याउन बाटो खोलेको छ। असोजदेखि साताको पाँच दिन मात्रै सेयर कारोबार हुने भएको छ। वैदेशिक रोजगार बोर्डले विदेश जाने कामदारहरुले तिरेको एक अर्ब १० करोड वाणिज्य बैंकमा मुद्दति निक्षेप गर्दैछ। एनआईसी एसिया बैंकको एपमार्फत आन्तरिक रेमिट्यान्स पठाउँदा शुल्क लाग्दैन।नाडाको विद्युतीय गाडी प्रदर्शनीमा १६ दुईपाङ्ग्रे कम्पनीले पनि सहभागिता जनाउनेभएका छन्।

११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जाने बढेकाे बढ्यै

काठमाण्डाै – चालु आर्थिक वर्षको ११ महिनामा नाै खर्ब चार अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।  गएको साउनदेखि जेठसम्म नाै खर्ब चार अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा ३ दशमलव ८ प्रतिशतले धेरै हो । तर रेमिट्यान्सको वृद्धिदर भने कम भएको छ । अघिल्लो वर्षको ११ महिनामा रेमिट्यान्स १२ दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १ दशमलव ५ प्रतिशतले वृद्धि भइ सात अर्ब ५१ करोड डलर पुगेको छ ।  यस्तै ११ महिनामा...

विदेश जाने बढे पनि साउनमा घट्यो रेमिट्यान्स

काठमाडौँ– चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई रु ७५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ […]

९ महिनासम्म फर्कने साढे ३ लाख, जाने ९० हजार

चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि वैदेशिक रोजगारीमा जाने प्रक्रियाले लय लिन सकेको छैन ।कोभिड संक्रमणका कारण श्रम गन्तव्यका रोजगादाताले विदेशी श्रमिकको मागलाई घटाएसँगै रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या वृद्धि हुन नसकेको हो । वैदेशिक रोजगारीमा जाने प्रक्रियामा कमी आएसँगै रेमिट्यान्स नघटेको देखिएपनि वृद्धिदर भने घटेको छ ।गत वर्षको ९ महिनाको तुलनामा […]

विदेश जाने घटे पनि रेमिट्यान्स बढ्यो

कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि देशको मुख्य आयस्रोत रेमिट्यान्स आम्दानी भने वृद्धि भएको छ । कोभिडका कारण रेमिट्यान्स पठाउने अवैध माध्यम हुण्डी बन्द हुँदा बैंकिङ च्यानलबाट आउने रेमिट्यान्समा सकारात्मक प्रभाव परेको हो । यसैगरी अमेरिकी डलरको भाउ उच्च हुँदा पनि रेमिट्यान्स आम्दानी वृद्धि भएको छ ।राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर […]