काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा रेमिट्यान्स भित्रिने क्रम २० दशमलव तीन प्रतिशतले बढेकाे छ ।
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकाे जनाएको छ । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स १७ दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव पाँच प्रतिशतले वृद्धि भइ ७२ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव आठ प्रतिशतले घटेको थियो । ...