देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नियमावली संसोधन गर्दै नयाँ स्टक एक्सचेन्ज ल्याउन बाटो खोलेको छ। असोजदेखि साताको पाँच दिन मात्रै सेयर कारोबार हुने भएको छ। वैदेशिक रोजगार बोर्डले विदेश जाने कामदारहरुले तिरेको एक अर्ब १० करोड वाणिज्य बैंकमा मुद्दति निक्षेप गर्दैछ। एनआईसी एसिया बैंकको एपमार्फत आन्तरिक रेमिट्यान्स पठाउँदा शुल्क लाग्दैन।नाडाको विद्युतीय गाडी प्रदर्शनीमा १६ दुईपाङ्ग्रे कम्पनीले पनि सहभागिता जनाउनेभएका छन्।