अर्थतन्त्रको रेमिट्यान्स टेको पनि ढल्दै ! फागुनमा वैदेशिक रोजगारीमा जानेको संख्या झनै घट्यो

चैत ११, काठमाडौं । फागुनमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झनै घटेको छ । महँगी बढीरहेको अहिलेको अवस्थामा नेपालको व्यापार घाटा बढेको बढ्यै छ । विदेशी मुद्राको सञ्चिति घटेर ६ महीना भन्दा कम समयको वस्तु तथा सेवाको आयात धान्न मात्रै पुग्ने अवस्थामा छ । आयातमा आधारित अर्थतन्त्र नै भएपनि विगतमा रेमिट्यान्स आयले विदेशी मुद्राको सञ्चितिमा यति धेरै चाप परेको थिएन । अहिले भने रेमिट्यान्स मात्रै नघटेर विदेशिने नेपालीको संख्या पनि घट्न थालेको छ । यसले गर्दा नेपालको अर्थतन्त्र ट्र्याकमा आउन अझै लामो समय लाग्न सक्ने जानकारहरू बताउँछन् । विदेश गएका नेपालीहरूले हुण्डीमार्फत रेमिट्यान्स पठाउँदा त्यसले अनौपचारिक अर्थतन्त्रलाई मात्रै टेवा पुर्‍याइरहेको छ । केही नेपालीहरूले क्रिप्टो करेन्सी लगायतका डिजिटल मुद्रामा लगानी गरेकाले रेमिट्यान्स आय खुम्चिरहेको राष्ट्र बैंकको भनाइ छ । तर अहिले भने विदेश जाने नेपालीको संख्या नै निरन्तर घट्न थालेपछि यसले नेपालको अर्थतन्त्रमा धेरै चिन्ता थपेको जानकारहरू बताउँछन् । फागुनमा विदेश जाने नेपालीको संख्या ५३ हजार ४०० छ । यो मध्ये २७ हजार ५०० कामदार मात्रै पहिलोपटक विदेशिएका छन् । माघमा विदेशीको संख्या ५४ हजार ४०० मात्रै रहेपनि पहिलोपटक विदेशीने कामदारको संख्या ३२ हजार ३०० रहेको थियो । समग्रमा २ हजार कामदार मात्रै कम विदेशीएको देखिएपनि पहिलोपटक विदेश जाने कामदारको संख्या ५ हजारले घटेको छ । पुसमा ६६ हजार ६०० कामदार वैदेशिक रोजगारीमा जाँदा ३६ हजार कामदार पहिलोपटक विदेश गएका थिए । फागुनमा विदेश जाने कामदार मध्ये सबैभन्दा धेरै साउदी र कतारमा १५/१५ हजार र यूएईमा ११ हजार कामदार वैदेशिक रोजगारीको लागि गएका छन् । पहिलोपटक रोजगारीमा जानेको संख्या साउदी अरबमा ९ हजार पुग्नु बाहेक अन्य देशमा धेरै नै कम नेपाली रोजगारीको लागि पुगेका छन् । कतार र यूएईमा ५/६ हजारको संख्यामा नयाँ कामदार गएपनि अन्य देशहरूमा त १ हजारको संख्यामा पनि नयाँ कामदार गएका छैनन् ।

सम्बन्धित सामग्री

परदेशको पसिनाले अर्थतन्त्रलाई टेको

तथ्यांकले भन्छ, नेपालमा प्रतिदिन २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान ७–८ प्रतिशतमात्रै हुँदा वैदेशिक रोजगारीको २७–२८ प्रतिशत छ । देशको अर्थतन्त्र धान्ने यति ठूलो माध्यमको बेवास्ता नभई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको चासो छ ।

परदेशको पसिनाले अर्थतन्त्रलाई टेको

तथ्यांकले भन्छ, नेपालमा प्रतिदिन २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान ७–८ प्रतिशतमात्रै हुँदा वैदेशिक रोजगारीको २७–२८ प्रतिशत छ । देशको अर्थतन्त्र धान्ने यति ठूलो माध्यमको बेवास्ता नभई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको चासो छ ।

रेमिट्यान्स अर्थतन्त्रको महत्वपूर्ण अस्थायी टेको

आर्थिक परिदृश्यमा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स महत्वपूर्ण अर्थतन्त्रको अस्थायी टेकोको रूपमा रहिआएको छ । नेपाली श्रमिकहरू नेपाल सरकारले वैदेशिक रोजगारका लागि प्रतिबन्ध लगाएका राष्ट्रहरूबाहेक अन्य जुनसुकै राष्ट्रमा रोजगारीका लागि जान सक्छन् । यद्यपि सरकारले संस्थागत रूपमा विभिन्न १ सय १० मुलुकमा वैदेशिक रोजगारीमा जान खुला गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा आयातको […]

अर्थतन्त्रको टेको बन्दै ‘रेमिट्यान्स’

नेपाली अर्थतन्त्रको चर्चा हुनेबित्तिकै सबैको ध्यान कृषि क्षेत्रमा जान्छ । अझै पनि कृषि क्षेत्रलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । यद्यपि पछिल्ला वर्षमा यो क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा गर्ने योगदान भने घट्दै गएको छ । सन् १९६०–८० को दशकमा देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान ६० देखि ७० प्रतिशतसम्म रहेकामा सन् २००० मा आउँदा ४० प्रतिशत, २००७ मा ३३ प्रतिशत, सन् २०१७ मा २७.६ र सन् २०२२ मा २३.९ प्रतिशत रहेको देखिन्छ । कृषि क्षेत्रको योगदान घट्नुको अर्थ अन्य क्षेत्र मु