काठमाण्डौ – चालु आर्थिक वर्षको आठ महिनामा झण्डै ६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा अन्तिम श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या उल्लेख्य घटे पनि विदेशमा रहेका नेपालीले पठाउने रकम अर्थात रेमिट्यान्स भने झनै बढेको छ...