तातोपानी : चीन सरकारले नेपाललाई अनुदानमा दिने भनिएको लिक्विड अक्सिजन तातोपानी आइपुगेको छ। अन्य विभिन्न स्वास्थ्य सामग्री सहित ३० मेट्रिकटन लिक्विड अक्सिजन आज शनिबार तातोपानी आइपुगेको हो।ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी पठाएको अक्सिजन भन्सारमा आइपुगेको प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए। सिल्क ट्रान्सपोर्टले ढुवानी गरेको ३० मेट्रिक टन अक्सिजन तातोपानी भन्सार कार्यालय आइपुगेको हो।केही समयअघि तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री अनुदान