तातोपानी नाकामा चहलपहल शून्य

काठमाडौँ,२१ पुष । काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो । तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । अहिले समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा […]

सम्बन्धित सामग्री

तातोपानी नाकाको नियमितता

चीनसँगको प्रमुख नाका तातोपानी बन्द भएको लामो समयछि मानव आवागमनका लागि खुला भएपछि त्यहाँका स्थानीय विगतमा जस्तै चहलपहल हुनेमा आशावादी देखिएका छन् । तर, यो नाका सुचारु हुनेमा भने विश्वस्त हुने आधार देखिँदैन । नेपाल चीन सम्बन्धमा खासै समस्या देखिएको छैन र विवादका विषय पनि सतहमा आएका छैनन् । नेपालले एक चीन नीतिले बलियो समर्थन दिँदै आएको छ । तर, नेपालको यो समर्थनप्रति चीन आश्वस्त हुन नसकेको देखिन्छ । त्यही भएर उसले यदाकदा राजनीतिक नेतृत्वलाई यो प्रश्न उठाइरहेको हुन्छ । तातोपानी नाका सहज आवागमनको माध्यम थियो । सिन्धुपाल्चोकबासीलाई मात्रै चीन प्रवेशको सुविधा दिए पनि धेरै नेपाली खासासम्म पुग्थे । भारतीयहरू समेत चीन प्रवेश गरेको आशंकाकै कारण उसले यो नाका बन्द गराउन खोजेको देखिन्छ । त्यसैले तातोपानी नाका उसको प्राथमिकतामा नपरेको हो भन्ने देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका कारण यो नाका खुला गरिएको देखिन्छ । विगतमा नेपालका प्रधानमन्त्री, राष्ट्रपति वा विदेशमन्त्रीको भ्रमण वा नेपालले निकै कर गरेपछि केही समयका लागि कन्टेनरहरू आउन दिइन्थ्यो र पछि कडाइ गरिन्थ्यो । अहिले पनि तातोपानी नाकाबाट सहज रूपमा कन्टेनर आउन सकेको छैन । तातोपानी नाकाबारे नेपालले चीनसँग स्पष्टसँग कुरा राख्न सकेको देखिँदैन । यहाँका सांसदले यसलाई खुला गर्न बढी नै सक्रियता देखाएपछि चीनले केही समयका लागि खुला गरेको हुन सक्छ । यो नाका बन्द भएयता राष्ट्रपति र प्रधानमन्त्रीको चीन भ्रमण भएको छ । तर, यसलाई विगतमा झैं सञ्चालन गराउन पर्याप्त कूटनीतिक पहल भएको छैन ।  तातोपानी नाका नेपालका लागि विशेष छ । यस क्षेत्रको आर्थिक गतिविधिका लागि पनि यसको सहज सञ्चालन जरूरी छ । चीनको बजारसम्म नेपालीलाई जान दिँदा तातोपानी क्षेत्रको चहलपहल पुरानै अवस्थामा जान सक्छ । तर, नेपालको सम्बन्ध फराकिलो हुँदै जानुपर्नेमा उत्तरी नाका केही असहज हुँदै गएको छ । नेपालले यसको कूटनीतिक अर्थ निकालेर त्यसअनुसार चीनसँग पहल नगर्ने हो भने अन्य उत्तरी नाकाहरू खुल्न पनि गाह्रो हुनेछ । नेपालले चीनसँग उत्तरका विभिन्न नाकाहरू खुलाउने सम्झौता गरिसकेको छ र त्यसैअनुसार उत्तर–दक्षिण करिडोर मार्ग पनि बनाइरहेको छ । ती क्षेत्रमा चीनतर्फ पूर्वाधारहरू बनेको देखिन्छ भने नेपालतर्फ खासै प्रगति छैन । यसरी हेर्दा नेपालको तयारी पनि सही तरीकाले अगाडि नबढेको देखिन्छ । राष्ट्रिय आवश्यकता देखेर चीनसँग सम्झौतासमेत गरिसकेको अवस्थामा ती नाकामा पूर्वाधार नबनाउनु नेपालको कमजोरी हो । नेपालले पूर्वाधार बनाउँदैमा चीनले नाका सहज रूपमा खोल्नेमा विश्वास गर्ने आधार भने देखिँदैन । चीनले मानसरोवर जाने तीर्थयात्रीलाई अनुमति दिए पनि भारतीयलाई अनुमति दिएको छैन । नेपाल भएर हजारौं भारतीय मानसरोवर जाँदा नेपालको पर्यटनले राम्रै लाभ लिएको थियो । तर, अहिले रोकिएको छ । प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणमा यस्ता विषयमा पनि ध्यान जानु आवश्यक छ । उत्तरी नाका सहज हुने हो भने नेपालबाट चीन निर्यात बढाउन सकिने आधार छ । उसले ८ हजारभन्दा बढी वस्तुलाई सहुलियत दिएको छ तर नाका सहज नहुँदा निर्यात भइरहेका वस्तुसमेत रोकिएको अवस्था छ । त्यसैले उत्तरी नाकामा रहेको यस्तो अनिश्चय हटाउन नेपालले कूटनीतिलाई बलियो बनाउन जरुरी छ ।

तातोपानी नाका खुले पनि छैन व्यावसायिक चहलपहल

भोटेकोशी गाउँपालिका वडा नम्बर २ स्थित चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट एक साताअघि नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात खुलाइयो । सो दिनको तामझामले सीमाक्षेत्रमा चलहपहल बढ्ने आशमा व्यवसायी र जनप्रतिनिधि उत्साहित भए ।

सुनसान बन्यो त्यो गुलजार तातोपानी

चौतारा। काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो ।           तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएक...

सुनसान बन्यो त्यो गुलजार तातोपानी

चौतारा। काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो ।           तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएक...

तातोपानी नाकामा चहलपहल शून्य

सिन्धुपाल्चोक । काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो । तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । अहिले समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बाहेक अरू छैन । कुनै रेसकम र होटेलमा भ्याइन भ्याइ हुने यो क्षेत्रमा यति बेला एउटा पनि होटेल तथा रेस्टुराँ छैन ।    चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चार वर्ष भए पनि निर्यात बन्द भएको सात वर्ष...

तातोपानी नाकामा अझै छैन चहलपहल, 'कहिलेकाहिँ मात्र सामान आयात हुन्छ'

काठमाडौं : काठमाडौंदेखि १२४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो। चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो। तर, २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ। अहिले त्यहाँ भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ…

तातोपानी नाकामा चहलपहल शून्य

चौतारा– काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो ।  तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । अहिले समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी […]

तातोपानी नाका खुल्यो तर चहलपहल शून्य

काठमाडौं । लामो प्रयासपछि पुनः सञ्चालनमा आएको तातोपानी नाका भूकम्पअघिको अवस्थामा फर्कन सकेको छैन । चार वर्षदेखि बन्द नाका खुले पनि मानिस आउजाउ गर्न नपाएका कारण चहलपहल शून्य छ । मालबाहक गाडी ...

यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका

सिन्धुपाल्चोक । ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ...

तातोपानी नाका खुल्ने संकेत मिलेपछि चहलपहल सुरु

चौतारा । वि.सं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।      भूकम्प ...