चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली नभएपछि अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरूलाई आयकर तिर्न ताकेता गरेको छ । अर्थसचिव तोयम रायाले बिहीबार संस्थानका सरोकारवाला व्यक्तिहरुलाई मन्त्रालयमा बोलाएर पुस मसान्तसम्ममा अनुमानित आयकरको ४० प्रतिशत बुझाउन भनेका हुन् । आयकर ऐनको दफा ९४ बमोजिम पुस मसान्तभित्र चालू आर्थिक वर्षमा हुने अनुमानित आयमा लाग्ने आयकरमध्ये ४० प्रतिशत बुझाउनुपर्छ । […]