पछिल्लो तीन दिनदेखि सोनु सुदको घर र उनीसँग जोडिएका संस्थाहरुको छानबिन गरिरहेको आयकर विभागले सोनुले कर छली गरेको प्रमाण भेटेको दाबी गरेको छ। अभिनेता सोनु सुदले २० करोड कर छली गरेको पर्याप्त प्रमाण आफूहरुसँग भएको आयकर विभागले दाबी गरेको हो। सोनुले नक्कली संस्था बनाइ असुरक्षित ऋणको रुपमा पैसा जम्मा गरेको आयकर विभागको आरोप छ। सिबिडिटी (सेन्ट्रल बोर्ड फर डिरेक्ट ट्याक्स)का अनुसार आयकर विभागले मुम्बई, लखनउ, कानपुर, जयपुर, दिल्ली लगायतका २८ ठाउँमा छापा मारेको थियो। भारतीय सञ्चार माध्यमका