चर्काे ब्याजवृद्धिका विरुद्धमा भक्तपुरका व्यवसायीद्धारा ज्ञापनपत्र

बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढ्न नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजूदा वास्तविकता र विगतको अनुभव समेतलाई मनन् गर्दै ब्याजदरलाई वाञ्छित सिमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्य...

सम्बन्धित सामग्री

करको विरोधमा लगानीकर्ता, आज सबै सिष्टम बन्द गर्न ब्रोकर अफिस घेर्ने

काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताहरू सरकारले ल्याएको कर नीतिका विरुद्धमा तीन दिनदेखि आन्दोलनमा रहेका छन् । गत शुक्रवारदेखिनै आन्दोलन जारी राखेका लगाकर्ताहरूले कर नीति खारेजीको माग राख्दै आज सबै सिष्टम बन्द गर्न चेतावनी दिएका छन् । गत शुक्रवारनै आन्दोलनरत लगानीकर्ताहरूले सरकारले नीति खारेज नगरेसम्म आफ्नो आन्दोलनमा सहयोग गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ब्रोकरहरूलाई ज्ञापनपत्र बुझाएर आग्रह गरेका थिए । आफ्नो आन्दोलनलाई सहयोग नगरेको भन्दै लगानीकर्ताहरूले आज सबै ब्रोकर अफिस घेरेर सिष्टम बन्द गर्ने भएका छन् । पूँजीबजारका अभियान्ता तिलक कोइरालाले आज टोली नेतानै खटाएर सबै ब्रोकर कम्पनीमा सिष्टम बन्द गर्ने जानकारी दिएका हुन । उनले धितोपत्रका लगानीकर्तालाई ३९ प्रतिशत आयकरको दायरामा ल्याउने सरकारको गत नियतको विरुद्ध सबैले आवाज उठाउन आग्रह गरेका छन् । धितोपत्र बजारका नियमित कारोबार गर्ने लगानीकर्तालाई सरकारले कर लगाउने उद्घोष यस वर्षको आर्थिक विद्येयकमार्फत गरेपछि लगानीकर्ता आन्दोलित बनेका हुन । हाल लगानीकर्ताले नाफा भएको खण्डमा संस्थागतको हकमा १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर मात्र तिर्दै आएका छन् । व्यक्तिगत लगानीकर्तामा पनि अल्पकालिन लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्ने व्यवस्था रहेको । भारित औषत लागतका आधारमा लगानीकर्ताले पूँजीगत लाभकर तिर्दै आएका हुन । लगानीकर्ताहरूले राज्यलाई दोहोरो करको मारमा नपार्न आग्रह गरेका हुन ।

चर्काे व्याजविरुद्ध भक्तपुरका उद्यमी व्यवसायीद्वारा ज्ञापनपत्र पेस

काठमाडौं । बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे व्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएका छन् । भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघसंस्थाहरुको उपस्थितिमा ४ बुँदे ध्यानाकर्षण पत्र पेस गरिएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र पेश गर्दै भक्तपुर चेम्बरका उपाध्यक्ष कविदास […]

राप्रपामा कुटाकुट प्रकरण : महामन्त्री कुन्ती शाहीलाई पार्टीबाट निष्काशन गर्न माग

राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले महामन्त्री कुन्ती शाहीको योजनामा आइतबार दुःखद घटना हुन पुगेको आरोप लगाएकी छन् । उनले महिला संगठनको बैठकमा शाहीले कुटेर केही कार्यकर्ता घाइते भएको जिकिर गरिन् ।‘शाहीले कुटेर रविना शाही, निर्मला न्यौपाने घाइते हुनुभएको छ’, उनले रातोपाटीलाई भनिन्, ‘महिला संगठनले महिला हिंसाको विरुद्धमा कार्यक्रम गर्नका लागि आन्तरिक छलफलमा थियौँ । यही विषयमा गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक

लुम्बिनी विश्वविद्यालय सार्न खोजेपछि बाँकेमा आक्रोश

रुपन्देही । लुम्बिनी विश्वविद्यालय सार्न खोजिएको भन्दै आन्दोलित बनेका बाँकेबासीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले भेटघाटका लागि समय नदिएको गुनासो बढेको छ । मंगलबार विश्वविद्यालय सार्ने विषयमा भएको निर्णयको विरुद्धमा ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री कार्याललयमा पुगेको पूर्वमन्त्री तथा प्रदेश सांसद आरती पौडेलको टोलीले समय नदिएको गुनासो गरेको हो । मुख्यमन्त्री स्वयमले बाँकेबाट बोलाएपनि बेवास्ता गरेको उनीहरुको आरोप छ […]

संरक्षित क्षेत्र विस्तार खारेजीको माग गर्दै वन महासंघ आन्दोलित

काठमाडौँ : सामुदायिक वन उपभोक्ता महासङ्घले सङ्घीय वन ऐन एवं नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्धमा रहेको भन्दै खारेज गर्न माग गरेको छ । महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापालाई कार्यकक्षमा ज्ञापनपत्र बुझाउँदै सङ्घीय वन न…

पुनर्बीमा निर्देशन विवाद : विशेष कार्यदल बनाउने तयारीमा बीमा समिति

काठमाडौं । स्वदेशी कम्पनीमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशनसम्बन्धी विवादलाई समाधान गर्न बीमा समितिले विशेष कार्यदल बनाउने भएको छ । यसै साता विशेष कार्यदल बनाएर पुनर्बीमा निर्देशन विवादलाई सहमतितर्फ अगाडि बढाउने समितिको तयारी छ । गत मङ्सिर ९ गते बीमा समितिले निर्जीवन तथा जीवन बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै पुनर्बीमा गराउन निर्देशन दिएको थियो । स्वदेशी कम्पनीले पुनर्बीमा लिन नमानेको अवस्थामा मात्र विदेशी कम्पनीमा पुनर्बीमा गर्नुपर्ने समितिको निर्देशन थियो । समितिको उक्त निर्देशन जारी भएपछि बीमा कम्पनी तथा सरोकारवालाहरूले चौतर्फी रूपमा विरोध गर्दै आएका छन् । साथै, तत्काल उक्त निर्देशन फिर्ता लिनुपर्ने पनि माग गर्दै आएका छन् । यसरी समितिको निर्देशनको विषयमा चौतर्फी विरोध भएपछि बीमा समितिले त्यस सम्बन्धमा विशेष कार्यदल बनाउन लागेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुनर्बीमा निर्देशन विवादलाई समाधन गर्न विशेष कार्यदल बनाउने तयारी गरिएको बताए । ‘यसै साता उक्त कार्यदल गठन हुन्छ । त्यसपछि यससम्बन्धी विवादलाई सोही कार्यदलमार्फत नै समाधान गर्नेछाैं,’ उनले भने, ‘अब यस सम्बन्धमा विरोध गर्दै आएका सरोकारवालाहरूले त्यही आएर आफ्नो राय राख्नुपर्छ । कार्यदलले गर्ने अध्ययन र त्यहाँ आउने सुझावको आधारमा यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछौं ।’ यस सम्बन्धमा सरोकारवालाहरूलाई छिट्टै छलफलका लागि बोलाउने उनको भनाइ छ । यता निर्देशन जारी भएको झन्डै २ हप्तापछि जीवन बीमक संघ नेपाल र नेपाल बीमक संघले त्यसको विरुद्धमा समितिमा ज्ञापनपत्र बुझाएका छन् । दुवै संघले बुधवार बीमा समितिमा ज्ञापनपत्र बुझाएका हुन् । समितिका कार्यकारी निर्देशक पौडेलले दुवै बीमक संघबाट ज्ञापनपत्र प्राप्त भएको बताए । समितिको उक्त निर्देशन बीमाको सिद्धान्तविपरीत र अव्यावहारिक भएको भन्दै संघहरूले निर्देशन फिर्ता लिन माग पनि गरेका छन् । नेपालका पुनर्बीमा कम्पनीहरूको शतप्रतिशत पुनर्बीमा लिन सक्ने क्षमता नभएको अवस्थामा यस निर्देशनले थप समस्या ल्याउन सक्ने उनीहरूको भनाइ छ । स्वदेशी पुनर्बीमा कम्पनीमा नै पुनर्बीमा गर्दा निकट भविष्यमा हुने भवितव्य घटनामा दाबी भुक्तानी नै दिन नसक्ने अवस्था आउने बताइएको छ । तसर्थ, कुनै पनि हालतमा समितिले उक्त निर्देशन फिर्ता लिनुपर्ने बताइएको छ । समितिको निर्देशनले बीमा कम्पनीहरूको व्यावसायिक स्वतन्त्रता पनि खोसिएको बताइएको छ । बीमा कम्पनीहरूले स्वतन्त्र भएर व्यावसायिक गतिविधि गर्न पाउनुपर्ने संघहरूको भनाइ छ । समितिले ज्ञापनपत्रको विषयमा पनि अब बन्ने कार्यदलमा नै छलफल गर्नेछ । समितिका कार्यकारी निर्देशक पौडेलले दुई संघबाट प्राप्त ज्ञापनपत्रको विषयमा पनि कार्यदलमा नै छलफल हुने बताए । ‘अब सरोकारवालाहरूले बाहिर बाहिर टीकाटिप्पणी गर्न भन्दा पनि कार्यदलमा नै आएर आप्mनो राय राख्नुहोस् । त्यसपछि हामीलाई पनि थप निर्णय गर्न सहज हुन्छ,’ उनले भने ।

जबरालाई महाभियोग लगाउन बारको आग्रह

प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई बारको ज्ञापनपत्र, ‘भ्रष्ट व्यक्ति र न्यायपालिकाभित्र व्याप्त भ्रष्टाचारका विरुद्धमा संविधान र जनताको न्यायका पक्षमा उभिई संवैधानिक दायित्व निर्वाह गर्न’ आग्रह नैतिक...

तीन जना मजदुर बर्खास्त गरेबापत भारतको गोरखपुरमा बुझाइयो ज्ञापनपत्र

काठमाडौँ । भारत गोरखपुरस्थित भी.एन. डायर्स प्रोसेसर्स प्राइभेट लिमिटेडमा कार्यरत तीन जना मजदुरलाई कामबाट निकालिएपछि त्यसको विरुद्धमा आज फेबु्रअरी २१, २०२१ का दिन ज्ञापनपत्र बुझाइएको छ । बिगुल मजदुर दस्ता र टेक्सटाइल्स वर्कर्स युनियनको नेतृत्वमा गोरखपुर उपश्रम आयुक्तको कार्यालयमा विरोध प्रदर्शन गर्दैै ज्ञापन पत्र बुझाइएको हो । लखनऊ, गोरखपुर, इलाहावादलगायत उत्तर प्रदेशमा सक्रिय रहेको बिगुल मजदुर दस्ताले सो जानकारी दिएको छ । ज्ञापनपत्र बुझाउनुपूर्वको प्रदर्शनलाई सम्बोधन गर्दै बिगुल मजदुर दस्ताका राजू कुमारले ने श्रम कानुन मजदुर सङ्घर्षको एउटा माध्यम भएको बताउनुभयो । अहिलको सरकारले श्रम विधेयकमार्फत विद्यमान श्रम कानुनका उपलब्धिलाई समेत समाप्त गर्न खोजिरहेको उहाँले आरोप लगाउनुभयो । टेक्सटाइल वर्कर्स युनियनका सदस्य अरुणकुमार चौबेले उपश्रम आयुक्तसित तीन जना मजदुरलाई कामबाट निकालिएको सम्बन्धमा वार्ता भएको जानकारी दिँदै घटनाको छानबिन गर्ने सहमति भएको जानकारी पनि दिनुभयो । उहाँले कामबाट निकालिएका तीन मजदुरलाई फिर्ता नबोलाउँदासम्म आन्दोलन जारी रहने पनि बताउनुभयो । विरोध प्रदर्शन में मजदुर नेताहरू सुनिल, सञ्जय, महेन्द्र, सुरेन्द्रलगायतको उपस्थिति रहेको थियो ।

कुटपिटको विरुद्ध पत्रकार आन्दोलित

धनगढी-सञ्चारगृहमा भएको आक्रमणको विरुद्धमा आन्दोलित पत्रकारहरूले आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।नेपाल पत्रकार महासंघ कैलालीको नेतृत्वमा दिनेश सञ्चार गृहको समाचार कक्षमै गई पत्रकारलाई कुटपिट गर्नेलाई चार दिनसम्म कारबाही नगरेको भन्दै सोमबार पत्रकारहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका हुन् । १५÷२० जनाको हुल समाचार कक्षमा प्रवेश गरी त्यहाँ […]