धनगढी-सञ्चारगृहमा भएको आक्रमणको विरुद्धमा आन्दोलित पत्रकारहरूले आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।नेपाल पत्रकार महासंघ कैलालीको नेतृत्वमा दिनेश सञ्चार गृहको समाचार कक्षमै गई पत्रकारलाई कुटपिट गर्नेलाई चार दिनसम्म कारबाही नगरेको भन्दै सोमबार पत्रकारहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका हुन् । १५÷२० जनाको हुल समाचार कक्षमा प्रवेश गरी त्यहाँ […]