सिस्ने गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसम्मको भागबन्डा गरेर चुनावमा जान कांग्रेस–एमाले तयार भएका हुन् ।

सम्बन्धित सामग्री

मुख्य आयस्रोत जडीबुटी

जिल्लास्थित माथिल्लो भेगका बासिन्दाको मुख्य आयस्रोत जडीबुटी बन्दै गएको छ । जिल्लाको पुथाउत्तरगङ्गा, भूमे र सिस्ने तीन वटै गाउँपालिकामा विभिन्न जडीबुटी पाइन्छ । पुथाउत्तरगङ्गाको १४ वटै वडा, भूमे गाउँपालिकाको नौ वटै वडासँगै सिस्ने गाउँपालिका–१, २ नम्बर वडामा धेरै प्रजातिका जडीबुटी पाइन्छ भने बाँकी वडामा पनि केही न केही जडीबुटी पाइन्छ ।

रुकुम पूर्वकाे सिस्ने गाउँपालिकामा नेपाल टेलिकमकाे टावर सञ्चालन

रुकुम पूर्व - रुकुम पूर्वको सिस्ने गाउँपालिका-१ ठूलासिस्ने गाउँमा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । टावर सञ्चालनमा आएपछि सिस्ने टेलिफोनको सम्पर्कमा जोडिएको छ । ठूलासिस्ने लेकमा बनाइएको टावर सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । साविकको सिस्ने गाविस रहेको यो वडामा यसअघिसम्म फोन सम्पर्क हुँदैन्थ्यो । गएकाे शनिवारदेखि टावर सञ्चालनमा आएपछि सहज भएको पाखापानीका तेजेन्द्र बीसीले जानकारी दिनुभयो । टावर सञ्चालनमा आएपछि सबैतिर फोन लागिरहेको उहाँले बताउनुभयो ।  फोनको टावर बनेर पनि सञ्चालन...

माओवादीले पूर्वी रुकुमका २ गाउँपालिकामा टुंग्यायो उम्मेदवार

नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमका तीन गाउँपालिकामध्ये दुई गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टुंगो लगाएको छ। भुमे गाउँपालिका अध्यक्षमा होमप्रकाश श्रेष्ठ उपाध्यक्षमा नमिता पुनलाई उम्मेदवार बनाएको हाे।यस्तै पुथा उत्तरगंगा गाउँपालिका अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको पूर्वी रुकुम जिल्ला सदस्य धुर्वविक्रम ओलीले बताए। सिस्ने गाउँपालिका अध्यक्ष र उपाध्यक्षको भने टुंगो लागेको छैन। अध्यक्ष कृष्णप्रसाद रेग्मी, कुमारी बराल, धनमान पुनको नाम सिफार

सिस्नेमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । बिहिबार पूर्व खेलकुद मन्त्री तथा प्रतिनिधि सभा सदस्य कमला रोकाले एक कार्यक्रमबीच सिस्ने गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्नुभएको छ ।

रुकुममा विद्युत् आयोजना निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी

रुकुम पूर्व - विद्युत् आयोजना निर्माणका लागि रुकुम पूर्वको सिस्ने गाउँपालिकामा हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सडक सुविधा नभएर पैदल मार्गबाट सामान ढुवानी हुन नसक्दा महँगाे हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ओसारिएको हो । बिहिवार गाउँपालिका-१ मा निर्माणाधीन अवस्थामा रहेको पाखा ओराली लघु जलविद्युत् आयोजनाको लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सिस्ने गाउँपालिका-१ ओख्रेनामा गाउँपालिकाकाे पहलमा ४६ किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छ । आयोजना निर्माणको जिम्मा गोक्यो इन्जिन...

दोस्रो भूमे कप भलिवलमा महिला र पुरुष दुबै उपाधि बाग्लुङले जित्यो

रुकुम (पूर्व) :  भूमे गाउँपालिकामा सञ्चालन भएको दोस्रो भूमे कप भलिवल प्रतियोगितामा महिला र पुरुष दुबैतर्फको उपाधि बाग्लुङले जितेको छ।पुरुष भलिबलमा रुकुम पश्चिम उप–विजेता बनेको छ। यस्तै रेन्बो युवा क्लब भूमे तेस्रो भएको छ। प्रथम हुने टिमले ७५ हजार नगद तथा उप–विजेताले ४० हजार नगद प्राप्त गरेको छ।यस्तै तेस्रो हुनेले २० हजार रुपैयाँ साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त पाएका छन्। यसैगरी महिला भलिबलमा पनि प्रथम भएको बाग्लुङले ५० हजार नगद हात पारेको छ। उप–विजेता बनेको सिस्ने गाउँ

पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु

१ साउन, बुटवल । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा पोखरी (ताल) मा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिस्ने गाउँपालिका-१ ओख्रेनाका १९ वर्षीय लजिम बुढा मगर रहेका छन् । सोही ठाउँमा रहेको …

७० लाख बढीको सुन्तला उत्पादन

रुकुम पूर्व सिस्ने गाउँपालिकामा यस वर्ष ७० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । हालसम्म ४० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भइसकेको छ भने ३० लाख रुपैयाँ बराबरको सुन्तला अझै बिक्री हुँन बाँकी छ । सिस्ने गाउँपालिका ८ का वडा अध्यक्ष खर्कसिंह थापाका अनुसार गाउँपालिकाको वडा नम्वर ७ र ८ को झिमखोला, लम्पाकोट, भुरूङ्गा, स्यालापाखा, गोठेचोव र सानचौवर लगायतका ठाउँमा राम्रो सुन्तला उत्पादन हुने गर्दछ ।