धनवीर दहाल, रुकुम पूर्वी रुकुमको पुथा उत्तरगंगा गाँउपालिका भौगोलिक हिसावले निकै दुर्गम गाउँपालिकामा पर्दछ। पुथा उत्तरगंगाको साथै भुमे र सिस्ने गाउँपालिका पनि उत्तिकै दुर्गममा पर्छन्। पुथा उत्तरगंगा गाउँपालिकाका केही बस्तीहरू यस्ता छन्। जुन बस्तीबाट तोकिएको मतदान केन्द्रसम्म मात्र पुग्नलाई ६ घण्टा समय लाग्दछ। मतदाता मतदान गर्न मतदान केन्द्र पुगेर साँझ घर फर्कन अबेर भइसकेको …