रुकुम पूर्व सिस्ने गाउँपालिकामा यस वर्ष ७० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । हालसम्म ४० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भइसकेको छ भने ३० लाख रुपैयाँ बराबरको सुन्तला अझै बिक्री हुँन बाँकी छ ।
सिस्ने गाउँपालिका ८ का वडा अध्यक्ष खर्कसिंह थापाका अनुसार गाउँपालिकाको वडा नम्वर ७ र ८ को झिमखोला, लम्पाकोट, भुरूङ्गा, स्यालापाखा, गोठेचोव र सानचौवर लगायतका ठाउँमा राम्रो सुन्तला उत्पादन हुने गर्दछ ।