लामो रस्साकस्सीपछि एमसीसीलाई टुंगो लगाएको सत्ता गठबन्धनको ध्यान अव संसदमा रहँदै आएको अवरोध हटाउनेतिर केन्द्रीत भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने मुड रहेको बुझेको सत्ता गठबन्धनले विभिन्न विकल्पबारे खोजी गर्न थालेको हो । त्यसका लागि गठबन्धनमा सकेसम्म प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउनुपर्ने र नभए विकल्पको खोजी गर्नुपर्ने विषयले प्रवेश पाएको हो ।उक्त कुराको खुलासा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले गरेका छन् । यद्यपी उनले अझै विशेष रुपल