नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कसैलाई जिताउन वा हराउनका लागि गठबन्धन नबनाइएको तर्क गरेका छन् । वीरेन्द्रनगरको पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान र गणतन्त्रको रक्षार्थ गठबन्धन बनाइएको दाबी गरे ।उनले केपी शर्मा ओलीको दम्भका कारण पटकपटक संसद विघटन गरिएको जिकिर गर्दै आफूहरुले वृहत छलफल गरेर त्यसका विरुद्ध गठबन्धन निर्माण गरेको उनले बताए । ओलीले जनताका अधिकार मास्ने उद्देश्यले प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध काँग्रेस, माओवादी लगायतका दलहरु गठबन्धनमा सं