काठमाडौं । दोस्रोपटक संसद विघटन भई मुलुकको राजनीतिक कार्यदिशा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रधानमन्त्री केपी शर्मा ओली अदालतबाट संसद विघटन सदर गराएर मुलुकलाई चुनावमा कसिएका छन् । विपक्षी गठबन्धन संसद पुनस्र्थापना गराई नयाँ सरकार बनाउने व्यग्र प्रतिक्षामा छ ।प्रधानमन्त्री ओलीले कानुन बनाउने थलोका रुपमा रहेको संसद विघटन गरी अध्यादेशमार्फत काम गरिरहेका छन् । त्यसमा पनि पछिल्लो समय सरकारले अध्यादेशबाट ल्याएको बजेट र नागरिकता कानुन चर्चाको विषय बनेको छ । बजेटको १९९ नम्बर बुँदा र नागरिक