सरकारले संसद विघटन गरेपछिको परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक बस्दै छ । आफूहरुले बुझाएको १ सय ४९ सांसदको समर्थनसहितको प्रधानमन्त्री दावेदारी राष्ट्रपतिले अस्वीकार गरेर संसद विघटन गरी निर्वाचनको घोषणा गरेपछि विपक्षीहरु भावी रणनीति बनाउन छलफल गर्न लागेका हुन् । मध्यरातमा संसद भंग भएपछि विपक्षी नेताहरुले यसबिरुद्ध कडा कदम चाल्ने संकेत दिएसकेका छन् …