साउन २१, रियाद (साउदी अरब) । शीर्ष तेल निर्यातकर्ता साउदी अरबले एशियाको लागि सेप्टेम्बर डेलिभरीको खबर लाइट क्रुडको आधिकारिक मूल्य बढाएर प्रतिब्यारेल ३ डलरमा पुर्याएको छ ।
यो एशियाका लागि ओमान/दुबईले तय गरेको औसत मूल्य भन्दा धेरै हो । मूल्य वृद्धिबारे सरकारी तेल कम्पनी अराम्कोले एक विज्ञप्ति जारी गर्दै बुधवार बताएको हो ।
उत्तरपश्चिम यूरोपलाई सेप्टेम्बर डेलिभरीको अरब लाइट ओएसपीको मूल्य भने छूट दिएर प्रतिब्यारेल १ डलर ७ सेन्ट कायम गरिएको छ । एजेन्सी