विश्व अर्थतन्त्र मन्दीमा जाने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको मूल्य घट्न थालेको छ । रुस–युक्रेन युद्धका कारणले कीर्तिमानी मूल्यमा पुगेको सुन र कच्चा पेट्रोलियमको मूल्य घट्न थालेको हो । यसअघि, रुसले युक्रेनमाथि आक्रमण गर्दा सुन र कच्चा पेट्रोलियम पदार्थको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।सन् २०२२ को मार्च र जुन महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । जुन, यतिबेला घटेर प्रतिब्यारेल १०१ अमेरिकी डलरमा आइपुगेको छ । यो पछिल्लो समय