कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संकमणले विश्वलाई पुनः अस्तव्यस्त बनाउन थालेको छ । अफ्रिकाबाट देखापरेको ओमिक्रोन यसअघिको तुलनामा मानिसलाई सिकिस्त पार्ने क्षमता कम भए पनि संक्रमण दर भने निकै बढी र लक्षण पनि फरक रहेको विभिन्न अध्ययनले देखाएको छ । कोरोना भाइरसको नयाँ लहरबाट आक्रान्त बेलायतमा गरिएको अध्ययन अनुसार ओमिक्रोनबाट संक्रमित भएपछि ज्वरो आउने, निरन्तर …