कोरोना भाइरसको ओमिक्रोन प्रजातिबाट फैलिएको कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा फैलिँदैछ ।
यसकै अघिल्लो प्रजाति डेल्टाभन्दा ओमिक्रोनको प्रभाव ‘कमजोर’ भए पनि तीव्र विस्तारले त्रास बढेको छ
तर ओमिक्रोन डेल्टाजस्तो खतरनाक नरहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । मौसमी रुघासँग मिल्दो लक्षण भएको र सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सजग र सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले नेपालमा देखिएको क...