मौसमी रुघाखोकी कि कोभिडका लक्षण उस्तै, कसरी छुट्याउने ?

कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिड जस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका छन्।काठमाण्डू उपत्यकासहित देशका विभिन्न स्थानमा कोभिड सङ्क्रमण पुष्टि हुने क्रम दिनानुदिन बढ्दो क्रममा छ। यसले मौसमी फ्लू वा रुघाखोकी लागेका मानिसहरू डराएका र परीक्षण गर्ने गरेका छन्।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लीनीकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टको सङ्क्रमणमा देखिने लक्षण र प्रत्येक वर्ष जाडोको बेला देखिने स्वास्थ्य समस्यामा ''धेरै हदसम्म'' समानता छ।''यसले गर्दा यो वा त्यो भनेर [परीक्षण नगरी] छुट्टाउन गाह्रो छ,' डा. पुनले भने।फ्लूमा अचानक ज्वरो आउने, जिउ दुख्ने हुन्छ भने चिसोले हुने रुघाखोकीमा नाकबाट पानी बग्ने र हाच्छिउँ आउने अवस्था हुन्छ। नेपालमा हाल फैलिएको भनिएको कोभिडको ओमिक्रोन भेरिअन्टको लक्षण पनि फ्लू र रुघाखोकी जस्तै रहेको डा. पुनको भनाइ छ।यस्ता लक्षण देखिएमा कोभिड हो वा होइन कसरी यकिन गर्न सकिन्छ त?ओमिक्रोनका लक्षण के-के हुन?हाल विश्वभर तीव्र गतिमा फैलिरहेको कोभिड-१९ को ओमिक्रोन भेरिअन्ट निकै सङ्क्रामक रहेको वैज्ञानिकहरूले बताएका छन्।तर यो प्रकारको कोरोनाभाइरसले विगतका भेरिअन्टभन्दा मध्यम खालका लक्षणहरू देखाइरहेको र रुघाखोकी वा फ्लूसँग मिल्दोजुल्दो बनाएको छ।वैज्ञानिकहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमित भएका व्यक्तिमा नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने, हाच्छिउँ आउने र घाँटी दुख्ने जस्ता आम लक्षण देखिन्छ।ब्रिटिश न्याश्नल हेल्थ सर्भिसेज एनएचएसले अकस्मात्को निरन्तर खोकी, ज्वरो वा उच्च तापक्रम अनि स्वाद वा गन्ध हराउनु वा परिवर्तन हुने जस्ता लक्षणहरूबारे भने सचेत रहन सुझाव दिएको छ।फ्लू कि कोभिड कसरी थाहा पाउने?कोभिड र मौसमी फ्लूबीच निकै कम फरक रहेकाले आफूलाई के भएको हो थाहा पाउन सहज नहुने चिकित्सकहरू बताउँछन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी रुघाखोकी, सास फेर्न गाह्रो हुने, घाटी खसखस गर्ने, टाउको दुख्ने वा पखाला लाग्ने जुनसुकै लक्षण भए पनि सबैभन्दा पहिले महामारीको समयमा भएकाले कोभिडकै सङ्क्रमण चक्रमा आफू रहेको बुझ्नुपर्ने बताउँछन्।''त्यस्तो भयो भने परीक्षण गर्ने, अलग्गै बस्ने वा सावधानी लिने कुरा आउँछ। होइन यो मौसमी रुघाखोकीको बेला हो भनेर हामीले बुझ्यौँ भने कोभिड-१९ को सङ्क्रमण झनै फैलिएर भयावह हुनसक्छ,' उनले भने।डा. पुनले भने ओमिक्रोनको लक्षणलाई डेङ्गीका लक्षण जस्तै रूपमा आफूले हेर्ने गरेको बताउँछन्।डेङ्गी हुँदा बिरामीहरूले टाउकोको अगाडिको भाग वा आँखा नजिकको भाग एकदमै दुखेको वा जिउ एकदमै दुखेको महसुस गर्ने उनको भनाइ छ।'रुघाखोकीमा यस्तै हुनुपर्छ भन्ने छैन। मन्द हुन्छ। कोभिडको हकमा टाउको दुख्ने अनि जिउ दुख्ने करा दुई कदम अघि बढे जस्तो देखिन्छ,' उनले भने।त्यसबाहेक रुघाखोकीमा घाँटी दुख्ने वा खसखसाउने भए पनि त्यो मन्द हुन्छ।ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित भएकाहरूमा त्यस्तो दुखाइ पनि अलि बढी हुने उनी बताउँछन्।परीक्षण गरिहाल्नु पर्छ कि पर्दैन?कुनै एक घरमा एक जनामा कोभिड सङ्क्रमण पुष्टि भइसकेको अवस्थामा परिवारका अन्य सदस्यमा पनि लक्षण देखिए परीक्षणका लागि जानु नपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्।तर अरूलाई सर्न सक्ने हुँदा त्यस्ता व्यक्तिहरूले सतर्कता अपनाउने र एकान्तवासमा बस्ने जस्ता कार्यहरू भने गर्नुपर्ने उनीहरूको भनाइ छ।'समान लक्षण समान भए हैजा फैलिएको ठाउँमा सबैको हैजा परीक्षण त गर्नुपर्दैन,' डा. पुनले भने।डा. अधिकारीका अनुसार विगतमा नेपालमा १० दिन एकान्तवास बस्नुपर्ने प्रावधान रहे पनि ओमिक्रोनसम्बन्धी अध्ययनका प्रमाणमा आधारित रहेर त्यो अवधि सात दिनमा झारिएको छ।तर कसैमा लक्षण सक्रिय रहेको अवस्थामा भने त्यो अवधिभर र लक्षण हराएको तीन दिन थप एकान्तवासमा बस्नुपर्ने उनी बताउँछन्।पछिल्लो अवस्था के छ?स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल हाल तेस्रो लहरको उच्चतम अवस्थामा छ।मन्त्रालयका अनुसार नेपालमा शुक्रवार थप १०,७०३ जना मानिसमा कोभिड पुष्टि भएको छ र यो वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ६५,००० नाघेको छ।डा. अधिकारी यो अवस्था अबको 'एक हप्तासम्म रहने' र त्यसपछि क्रमशः 'ओरालो लाग्ने' पूर्वानुमान अनुसार आफूहरूले काम गरिरहेको बताउँछन्।कोभिड खोप नलगाएकाहरूमा अस्पताल भर्ना हुने दर र मृत्यु हुने अनुपात बढी रहेको मन्त्रालयले जनाएको छ। -बिबिसीबाट साभार 

सम्बन्धित सामग्री

डोल्पाको रसी गाउँमा घरैपिच्छे भाइरल ज्वरो र मौसमी रुघाखोकी

डोल्पा, मंसिर १६ । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रसी गाउँनै भाइरल बिरामीले थला परेको छ । एक महिनादेखि गाउँका प्रत्येक घरजस्तो रुघाखोकी, ज्वरो र घाँटी दुख्ने लक्षण भएका बिरामीहरु देखिएका छन् । गाउँमा रहेका झण्डै एकसय चालीस घरधुरीमध्ये अधिकांस घरमा रुघाखोकी, ज्वरो र घाँटी दुख्नेका बिरामी रहेको स्थानीय बुधबहादुर […]

कडा बन्दै छ मौसमी रुघाखोकी

काभ्रे घर भएका ३९ वर्षीय यादव थपलिया नाम परिवर्तन काठमाडांैमा कार्यरत सञ्चार कर्मी थिए । ४ दिन पहिलेदेखि ज्वरो आएका उनी अस्पताल भर्ना भएकामा उनको ५ दिनपछि भाइरल इन्फेक्सन इन्फ्लुएन्जाका कारण काठमाडौं मेडिकल कलेज, सिनामंगलमा मृत्यु भएको थियो । सबैभन्दा राम्रो औषधी चलाउँदा पनि काम नगरी संक्रमण शरीरभरि फैलिई सेभेर सेप्सिस, एआरडीएस भई सम्पूर्ण टिम, […] The post कडा बन्दै छ मौसमी रुघाखोकी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मौसमी रुघाखोकी केहो? कसरी बच्ने?

साधारणतया वर्षा यामको सुरु तथा अन्त्य र जाडो यामको सुरु तथा अन्त्यमा रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी बढी देखिने गर्दछन्।

तीन वर्षपछि फर्कियो मौसमी रुघाखोकी

जाडोयाम सुरु हुनासाथ मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) को संक्रमण बढेको छ । कोभिड संक्रमण उत्कर्षमा रहेको समय आम व्यक्ति र चिकित्सकले खासै चासो नलिने मौसमी रुघाखोकी संक्रमितहरूलाई पुनः हैरान बनाउन थालेको छ । पछिल्लो तीन वर्षयता मौसमी रुघाखोकी संक्रमण खासै चर्चामा थिएन ।

मौसमी रुघाखोकीका लक्षण र बच्ने उपाय

मौसमी रुघाखोकी तथा ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्।

बालबालिकालाई रुघाखोकी लाग्दा के गर्ने के नगर्ने ? (भिडियो सहित)

पछिल्लो समय धेरैबालबालिका भाइरल इन्फेक्सन अर्थात् रुघाखोकी र ज्वरोका कारण विरामी परेका छन्। मौसमी रुघाखोकी र ज्वरोेका विरामीको संख्या बढेपछि कान्ति बाल अस्पतालमा उपचार गराउन आउनको संख्या पनि बढेको छ।...

यस्ता छन् मौसमी रुघाखोकी ज्वरोबाट बच्ने उपाय

यतिबेला कोरोनासंग मिल्दो जुल्दो लक्षण भएको मौसमी रुघाखोकी ज्वरोले सबैलाई सताइरहेको छ ।

मौसमी रुघाखोकी बिरामी बढे

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा २ थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै थाली गाउँमा बिरामीको सङ्ख्या बढेको हो ।  गाउँमा केही दिन अगाडिदेखि ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्राविधिक रमेश शाहीले बताए । गाउँपालिकाले आफ्नो मातहतका वडा एक देखि पाँचसम्म कोरोना परिक्षणको दायरालाई बढाएसँगै आफुहरु थालीमा गाउँमा कोरोना परीक्षण गर्न पुग्दा गाउँ नै मौसमी रुघाखोकीले थला परेको र प्रायः घरमा मौसमी बिरामी मात्रै भेटिने गरेको...

गाउँमा मौसमी रुघाखोकी बिरामी बढ्दै

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा २ थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै थाली गाउँमा बिरामीको सङ्ख्या बढेको हो । गाउँमा केही दिन अगाडिदेखि ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्राविधिक रमेश शाहीले बताए । गाउँपालिकाले आफ्नो मातहतका वडा एक देखि पाँचसम्म कोरोना परिक्षणको दायरालाई बढाएसँगै आफुहरु थालीमा गाउँमा कोरोना परीक्षण गर्न पुग्दा गाउँ नै मौसमी रुघाखोकीले थला परेको र प्रायः घरमा मौसमी बिरामी मात्

अज्ञात रोगले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द

मौसमी रुघाखोकी फैलिँदा जुम्लाको तातोपानी गाउँपालिकाको मुकामदेखि दक्षिणी भेगमा पर्ने भेरीखोलाको ताम्ती गाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका हुन् ।  तातोपानी गाउँपालिकाको भेरीखोला ७...