लमजुङको ङादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङ्दी ‘ए’ले असहयोग गरेपछि आयोजनाको विद्युत् साढे दुई...
तीनपाटन गाउँपालिकाको सबै वडा राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै बिजुली बत्तीले झलमल्ल भएको छ । वडा नम्बर ७ तोस्रामखोलामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि पालिकाका ११ वटै वडा बिजुलीले झलमल्ल भएको गाउँपालिकाले जनाएको छ ।
तीनपाटन गाउँपालिकाको सबै वडा राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै बिजुली बत्तीले झलमल्ल भएको छ । वडा नम्बर ७ तोस्रामखोलामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि पालिकाका ११ वटै वडा बिजुलीले झलमल्ल भएको गाउँपालिकाले जनाएको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र जलविद्युत् आयोजना निर्माण कम्पनीबीच ऊर्जा खरीद सम्झौता (पीपीए) भइसकेपछि पनि लगानी नजुट्दा ८७ आयोजनाको निर्माण अगाडि बढ्न नसकेको पाइएको छ । यी आयोजना निर्माण कम्पनीहरूसँग प्राधिकरणले आरओआर, पीआरओआर, आरओआर (क्यासकेड) र पीआरओआर (क्यासकेड) मोडेलअन्तर्गत सम्झौता गरेको थियो ।
विद्युत् व्यापार विभागका अनुसार पीपीए गरेर आर्थिक स्रोत जुटाउन नसकेका ८७ जलविद्युत् आयोजनाबाट १ हजार ८ सय ७५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । २४ ओटा जलविद्युत् आयोजनाको त पीपीएमा निर्माण सम्पन्न गरिसक्ने भनिएको मिति नै सकिइसकेको छ । ती आयोजनाबाट तोकिएको समयमा विद्युत् उत्पादन भएको भए ४ सय ३३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको हुन्थ्यो ।
जलविद्युत् उत्पादनमा संलग्न निजीक्षेत्रका व्यवसायीको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समय यो क्षेत्र राष्ट्रिय प्राथमिकतामा नपरेको र बैंकहरूले लगानी गर्न खासै रुचि नदेखाउँदा आर्थिक स्रोत जुटाउन कठिन भएको बताएको छ । इप्पानका उपाध्यक्ष गणेश कार्कीले जलविद्युत्मा अनिवार्य १० प्रतिशत लगानी गर्नुपर्ने नेपाल राष्ट्र बैंकको पहिलेको नीति हट्दा समस्या आएको बताए ।
‘राष्ट्र बैंकको अनिवार्य लगानी गर्नुपर्ने भन्ने नीति हटेपछि बैंकहरूले जलविद्युत् क्षेत्रमा लगानी गर्र्नमा खासै रुचि देखाएका छैनन् । मुलुकमा जलविद्युत्को उत्पादन बढाउन केन्द्रीय बैंकले लगानीसम्बन्धी बाध्यकारी नीति ल्याउनुपर्यो,’ उपाध्यक्ष कार्कीले भने । उनले नेपाल राष्ट्र बैंकको नीति संशोधनपछि बैंकहरूले जलविद्युत्बाहेकका क्षेत्रमा आफ्नो लगानी केन्द्रित गरेको गुनासो गरे ।
पीपीए भएका जलविद्युत् आयोजना सफल हुने सम्भावना कम देख्दा पनि बैंकहरूले लगानी गर्न आलटाल गरिरहेको व्यवसायीले बताउने गरेका छन् । लगानी गर्नुपूर्व बैंकहरूले आयोजनाबारे सम्पूर्ण अध्ययन गर्नुका साथै त्यसबाट हुने फाइदा र सञ्चालकको पहिलेको रेकर्डसमेत हेर्ने गरेको इप्पानका उपाध्यक्ष मोहनकुमार डाँगीको भनाइ छ ।
‘कतिपय आयोजनाको निर्माण सम्पन्न भइसक्दा पनि त्यहाँसम्म राष्ट्रिय प्रसारण लाइन नपुग्ने अवस्था छ । त्यस्तोमा लगानी गर्नबाट बैंकहरू पछि हटेका छन्,’ उनले भने । डाँगीले सम्पूर्ण निर्माण कम्पनीलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नसकिने जलविद्युत् आयोजनाको पीपीए नगर्न पनि सुझाए । जलविद्युत् क्षेत्रका कतिपय जानकारले शुरूमा पीपीए गरेर आयोजना होल्ड गर्ने, पछि अर्कैलाई विक्री गर्ने परिपाटी पनि देखिएको बताएका छन् ।
यो प्रवृत्ति नियन्त्रण गर्न सरकारले सशक्त नियम कानून बनाएर कडाइका साथ लागू गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको विद्युत व्यापार केन्द्रका निर्देशक प्रबल अधिकारी आर्थिक स्रोत जुट्न नसक्नुका पछाडि कोरोना संकटको असर र बैंकहरूमा देखिएको तरलता अभाव कारक रहेको हुनसक्ने आफूहरूको बुझाइ रहेको बताउँछन् । उनले आयोजना निर्माण गर्ने कम्पनीहरूले यथाशीघ्र लगानी जुटाएर निर्माण कार्य प्रारम्भ गरून् भन्ने प्राधिकरणको अनुरोध रहेको बताए । ‘तोकिएको समयभित्र लगानी जुट्न नसकेमा पीपीएमा भएको प्रावधान आकर्षित हुने अवस्था आउँछ,’ केन्द्रका निर्देशक अधिकारीले आर्थिक अभियानसँग भने । यस्तो स्थितिमा प्राधिकरणले जलविद्युत् आयोजना निर्माणका लागि आर्थिक स्रोत जुटाउन अक्षम कम्पनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।
माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण पूरा भएको छ । २५ मेगावाट क्षमताको आयोजना सकिएसँगै परीक्षणको चरणमा रहेको आयोजनाबाट उत्पादित बिजुली यसै साता राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै छ । यसका लागि दोर्दी करिडोर १३२ केभी डबल सर्किट राष्ट्रिय प्रसारण लाइन निर्माण भइसकेको छ ।
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित प्रसिद्ध पर्यटकीय स्थल बेदिङ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनास्थलबाट करीब २४ किलोमिटर लामो प्रसारण लाइनमार्फत बेदिङमा बिजुली पुर्याएको हो ।
नेपाल विद्युत् प्राधिकरणले खम्बा ढुवानी गरेर कठिन भूधरातलमा बेदिङमा राष्ट्रिय प्रसारण लाइन पुर्याएको प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए । ट्रान्सफर्मर जडानलगत्तै स्थानीयलाई विद्युत् मिटर वितरण गरिने ढकालको भनाइ छ ।
हिम आरोहीको गाउँको रूपमा चर्चित बेदिङ छो–रोल्पा हिमतालको फेदीमा रहेको छ । समुद्री सतहबाट ३ हजार ७२१ मिटर उचाइमा रहेको बेदिङमा भएको लघुजलविद्युत् आयोजना एक दशकदेखि बिग्रिएर बन्द थियो । बेदिङमा ८५ घरधुरीको बसोवास छ । उज्यालोका लागि अहिलेसम्म स्थानीयवासी सौर्य ऊर्जामा निर्भर छन् ।
नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाका अनुसार ११ सय केभीको प्रसारण लाइन बनाउन ३९० ओटा खम्बा (पोल) गाडिएका छन्, जसका लागि ३ करोड रुपैयाँ लगानी भएको छ । राष्ट्रिय प्रसारण लाइन पुगेर बिजुली बाल्न पाउने बेदिङका स्थानीय बासिन्दा उत्साहित छन् ।
गौरीशंकर हिमालको काखमा अवस्थित बेदिङ सगरमाथा चढ्ने शेर्पा समुदायको बस्ती हो । यहाँबाट एक दिनको पैदल दूरीमा च्छोरोल्पा हिमताल पुग्न सकिन्छ । बेदिङका घरहरू होटलका रूपमा रहेका छन् । स्थानीयको आयआर्जन बढाउन गौरीशंकर संरक्षण क्षेत्रले पनि बेदिङमा होमस्टे सञ्चालन गर्न मद्दत गरिहेको छ ।
बेदिङ च्छोरोल्पा हिमताल र रोल्वालिङ उपत्यका भ्रमणमा जानेहरूको बास बस्ने मुख्य थलो हो । बेदिङभन्दा माथि ना गाउँ पर्दछ । चिसो बढेपछि जाडो छल्न मानिसहरू ना गाउँबाट बेदिङ झर्ने गर्दछन् । पर्यटकीय क्षेत्र भएकाले सो क्षेत्रमा नेपाल टेलिकम दोलखाले केही वर्षअघि नै जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याइसकेको छ । विद्युत्को पहुँच पुगेपछि जनजीवन सहज हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने बेदिङवासीको आशा छ ।
मंसिर,२५, दोलखा । दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ९ मा रहेको प्रसिद्ध पर्यटकिय स्थल बेदिङ गाउँ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनास्थलबाट करीब २४ किलोमिटर लामो प्रसारण लाइन बेदिङ पुर्याएपछि पर्यटकीय सो गाउँ राष्ट्रिय प्रसारणमा जोडिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले खम्बा ढुवानी गरेर कठिन भू- धरातल भएपनि बेदिङमा राष्ट्रिय प्रसारण लाइन पुर्याएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए । ट्रान्सफर्मर जडानलगत्तै स्थानीयलाई मिटर बक्स वितरण गरिने ढकालको भनाइ छ ।
हिम आरोहिको गाउँको रुपमा चर्चित बेदिङ छो–रोल्पा हिमतालको फेदीमा रहेको छ । समुद्री सतहबाट ३ हजार ७२१ मिटर उचाइमा रहेको बेदिङमा भएको लघु जलविद्युत् आयोजना एक दशकदेखि बिग्रिएर बन्द अवस्थामा थियो । पर्यटकीय गाउँको रूपमा प्रसिद्धि कमाएको बेदिङमा ८५ घरधुरीको बसोवास रहेको छ । उज्यालोकोलागि अहिलेसम्म स्थानीयहरु सौर्य उर्जामा निर्भर थिए ।
नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाका अनुसार १ हजार १०० केभीको प्रसारण लाइन बनाउन ३९० ओटा खम्बा (पोल) गाडिएका छन् । जसका लागि ३ करोड रुपैयाँ लगानी भएको छ । राष्ट्रिय प्रसारण लाइन पुगेर बिजुली बाल्न पाउने भएपछि आफूहरु खुसी भएको बेदिङका स्थानीयहरुले बताएका छन् ।
गौरिशंकर हिमालको काखमा अवस्थित बेदिङ सगरमाथा चढ्ने शेर्पा समुदायको बस्ती हो । यहाँ घरैपिच्छे सगरमाथा आरोहीहरु छन् । च्छोरोल्पा जाने बाटो यहींबाट पर्दछ । एक दिनको पैदल दूरीमा छो–रोल्पा हिमताल पुग्न सकिन्छ । बेदिङमा रहेका हरेक घर होटलको रुपमा सञ्चालित छन् । स्थानीयहरुको आयआर्जन बढाउनकालागि गौरिशंकर संरक्षण क्षेत्रले पनि बेदिङमा होमष्टे सञ्चालन गर्न मद्दत गरिहेको छ ।
बेदिङ छो–रोल्पा हिमताल र रोल्वालिङ उपत्यका भ्रमणमा जानेहरुको बास बस्ने मुख्य थलो हो । बेदिङभन्दा माथि ना गाउँ पर्दछ । चिसो बढेपछि जाडो छल्न मानिसहरु ना गाउँबाट बेदिङ झर्ने गर्दछन् ।
पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा नेपाल टेलिकम दोलखाले केही वर्ष अघि नै जीएसएम टेलिफोन सेवा सञ्चालनमा विगत ल्याइसकेको छ । विद्युतको पहुँच पुगेपछि बेदीङको जनजीवन सहज हुनाका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने बेदीङवासीको आशा छ ।
भदौ १९, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेककटहरेमा रहेको लक्ष्मीखोला लघु जलविद्युत् आयोजनाबाट ३६० घरधुरीले लाभ लिइरहेका छन् ।
राष्ट्रिय प्रसारण लाइनमा विद्युत् अनियमितता भइरहेको बेला स्थानीय समुदायले आफ्नै अग्रसरतामा सञ्चालन गरिरहेका लघु विद्युत् आयोजनाले गाउँ झलमल्ल पारेको छ ।
राष्ट्रिय प्रसारण लाइनमा वा ठूला जलविद्युत् परियोजनाको विग्रिदा पुनर्निर्माण सुस्त गतिमा अघि बढिरहँदा लक्ष्मीखोला जलविद्युत् आयोजनाले गाउँमा हालसम्म नियमित गाउँलाई नियमित विजुली दिइरहेको छ । सरकारले विद्युत् संकट कम गर्न लघु जलविद्युत् आयोजनाको निर्माणलाई प्रवर्द्धन गर्ने नीति लिएको देखिन्छ । लघु जलविद्युत् आयोजनाबाट प्रति वर्ष कम्तीमा ५ मेगावाट बिजुली उत्पादन गर्ने घोषणा सरकारले यसअघि नै गरेपनि त्यो लागू गर्न चुनौतिहरु देखिएका छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. १ मारेककटहरेमा रहेको लक्ष्मी खोला जलविद्युत् आयोजनाले वि.सं. २०६८ सालदेखि नियमित ४० किलोवाट विद्युत् उत्पादन गर्दै आइरहेको छ । त्यतिबेला एक करोड २५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको उक्त आयोजनाले १० वर्ष पूरा गरिसकेको छ । विद्युत् उत्पादन गर्न स्थानीयले २०६६ सालदेखि वैकल्पिक ऊर्जासँग सहकार्य गरेका थिए । विद्युत् उत्पादन गर्न वैकल्पिक उर्जाले ५० लाख र तत्कालिन मारेककटहरे गाउँ विकास समितिले ४ लाख रुपैयाँ अनुदान दिएका थिए भने बाँकी ७१ लाख रुपैयाँ लक्ष्मी खोला लघु जलविद्युत् सहकारी संस्थाका शेयर सदस्यबाट संकलन गरिएको थियो ।
लघु जलविद्युतको विकासले विद्युत् पहुँचमा वृद्धि
लघु तथा साना जलविद्युत् आयोजनको विकास र सञ्चालन पश्चात धेरै ग्रामीण क्षेत्रका नागरिकको जीवनयापनमा सहजता आएको छ । नेपालमा स्थापना भई सञ्चालनमा आएका रहेका धेरै लघु तथा साना जलविद्युत् आयोजनाका कारण विद्युतीकरणको थालनी क्रमिक रुपमा बढेको हो । महालक्ष्मी १ स्थानीय २०६८ सालभन्दा पहिलेको समयमा अन्धकारमै वा टुकी बत्ती बालेर आफ्नो जीवन चलाइरहेका थिए ।
शहरी क्षेत्रमा सूचना प्रविधिका साधनको प्रयोग बढ्दै गर्दा यस क्षेत्रमा विद्यार्थी कम्प्युटर शिक्षा प्राप्त गर्न सफल भइरहँदा त्यहाँका विद्यार्थीहरुले घाम छदैमा आफ्नो गृहकार्य सक्नुपर्ने र अन्धकारमै टुकी तथा झुम्रे बत्तीमा पढ्न बाध्य थिए । पुराना पुस्ताका धेरै ज्येष्ठ नागरिकले विद्युतबाट बलेका चिमसम्म देख्न पाएका थिएनन् ।
वि सं २०६८ साल पश्चात लक्ष्मीखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि जल ऊर्जाको पहुँच विस्तार भएसँगै जीविकोपार्जनमा सहजता आएको छ । स्थानीय लक्ष्मी खोलाबाट ४० किलोवाट क्षमतामा उत्पादन गरिएको जलविद्युतले धेरै नागरिकको आधारभूत आवश्यकता प्राप्त गर्न सहज भएको छ । आफ्ना पुर्खाले सिंगो जीवन अन्धकारमै गुजार्नु पर्ने बाध्यता ग्रामीण क्षेत्रका नागरिकको नियति बनेको थियो ।
लघु जलविद्युत् आयोजनाले मूर्त रुप पाएसँगै स्थानीयको जीवनशैली फेरिएको हो । घरमा बत्ती बाल्ने, विद्यार्थीका निम्ति पढ्न सहज, अध्ययन, घर घरमा मोबाइलको प्रयोग, टेलिभिजन तथा राईसकुकरको प्रयोग बढेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा सञ्चालनमा आएको लघु जलविद्युत् आयोजनाले एक सफल उदाहरण बनेको छ ।
माग धान्न समस्या
राष्ट्रिय प्रसारण लाइनमा विद्युत अनिमितता हुँदा देशका अधिकांश स्थान लामो समयसम्म अन्धकार रहँदा पनि सधैँ विजुली बाल्ने यो मारेककटहरे गाउँ विद्युतमा सम्पन्न देखिन्छ । जलविद्युत् उत्पादन सहकारीका अध्यक्ष तेजबहादुर अधिकारीका अनुसार यहाँ ४० किलोवाटसम्म विद्युत् उत्पादन हुँदै आएको छ ।
उत्पादन भएको निकै समयसम्म विद्युतको माग पुर्याउँदै आएकोमा अहिले घरघरमा उपकरण बढेकोले विद्युतको माग बढेको अध्यक्ष अधिकारीले बताए ।
उनले मारेककटहरेमा अहिले व्यवसायिक रुपमा पशुपालन बढेकोले च्यापकटर प्रयोग हुँदा एउटै घरमा २ किलोवाटसम्म विद्युत् खपत हुने गरेकाले माग पूरा गर्न समस्या रहेको बताए । अधिकारीका अनुसार बेलुका ५ देखि ९ बजेसम्म र बिहान ५ देखि ९ बजेसम्म माग धान्न समस्या भएको छ भने बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उत्पादन भएको विद्युत पनि खपत भएको छैन ।
उनले सबै घरमा बत्ती बाल्न र टिभी चलाउन र मोबाईल चार्ज मात्रै प्रयोग हुँदा समस्या नभएको बताए । अधिकारीले मेसिनको आरामको लागि र पोल बनाउनको लागि दैनिक २ घण्टा लाइन काट्ने गरिएको बताए । अधिकारीका अनुसार विद्युतको माग कम भएको समयमा वैसाखदेखि भदौसम्म दिउँसो ३ देखि ५ बजेसम्म र असोजदेखि चैतसम्म दिउँसो २ देखि ४ बजेसम्म लाइन काट्ने गरिएको छ ।
विद्युत् महशुल महँगो
लघु जलविद्युत् सहकारी गाउँलेहरुलाई उज्यालो बनाएर अहिले नाफा कमाउनमा व्यस्त छ । तर, राष्ट्रिय प्रसारण लाइनको भन्दा विद्युत् शुल्क निकै महँगो तिर्न स्थानीय बाध्य छन् । राष्ट्रिय प्रसारण लाइनको विद्युत् महशुल २० युनिटसम्म निःशुल्क बनाउने चर्चा चलिरहेको बेला लघु जलविद्युत् आयोजनाका उपभोक्ता भने ८ युनिटसम्मको १०० रुपैयाँ शुल्क तिर्न बाध्य छन् ।
आयोजनाले ८ युनिटदेखि २० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँ र २० युनिटदेखि माथि प्रतियुनिट ६ रुपैयाँका दरले महशुल लिँदै आएको स्थानीय हिस्मा मगरले बताइन् । उनले आधारभूत उपकरण चलाउन र विद्युत् अनियमितताको कुरा नभएपनि विद्युत् महशुल निकै महँगो तिर्नुपरेको गुनासो गरिन् ।
यता सहकारीले भने शुरुमा लागत खर्च बढी भएकाले यही शुल्क कायम गरिएको र अहिले राष्ट्रिय प्रसारण लाइन सस्तो भएकाले यो गुनासो आएपनि पहिले राष्ट्रिय प्रसारण लाइन पहुँच बाहिर हुँदा यस्तो गुनासो नरहेको जानकारी दिएको छ । महशुल घटाउन सक्ने अवस्था नरहेको भएपनि राष्ट्रिय प्रसारण लाइन जोड्न पहल भइरहेको सहकारीले जानकारी दिएको छ ।
जुम्ला सदरमुकाम खलंगा आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पुर्याएसँगै खलंगासहित आसपासका गाउँका दुई हजार एक सय घरमा एकैसाथ बिजुली बलेको हो ।