पर्यटकीय क्षेत्र बेदिङमा राष्ट्रिय प्रणालीको विद्युत्

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित प्रसिद्ध पर्यटकीय स्थल बेदिङ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनास्थलबाट करीब २४ किलोमिटर लामो प्रसारण लाइनमार्फत बेदिङमा बिजुली पुर्‍याएको हो । नेपाल विद्युत् प्राधिकरणले खम्बा ढुवानी गरेर कठिन भूधरातलमा बेदिङमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएको प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए । ट्रान्सफर्मर जडानलगत्तै स्थानीयलाई विद्युत् मिटर वितरण गरिने ढकालको भनाइ छ । हिम आरोहीको गाउँको रूपमा चर्चित बेदिङ छो–रोल्पा हिमतालको फेदीमा रहेको छ ।  समुद्री सतहबाट ३ हजार ७२१ मिटर उचाइमा रहेको बेदिङमा भएको लघुजलविद्युत् आयोजना एक दशकदेखि बिग्रिएर बन्द थियो । बेदिङमा ८५ घरधुरीको बसोवास छ । उज्यालोका लागि अहिलेसम्म स्थानीयवासी सौर्य ऊर्जामा निर्भर छन् । नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाका अनुसार ११ सय केभीको प्रसारण लाइन बनाउन ३९० ओटा खम्बा (पोल) गाडिएका छन्, जसका लागि ३ करोड रुपैयाँ लगानी भएको छ । राष्ट्रिय प्रसारण लाइन पुगेर बिजुली बाल्न पाउने बेदिङका स्थानीय बासिन्दा उत्साहित छन् । गौरीशंकर हिमालको काखमा अवस्थित बेदिङ सगरमाथा चढ्ने शेर्पा समुदायको बस्ती हो । यहाँबाट एक दिनको पैदल दूरीमा च्छोरोल्पा हिमताल पुग्न सकिन्छ । बेदिङका घरहरू होटलका रूपमा रहेका छन् । स्थानीयको आयआर्जन बढाउन गौरीशंकर संरक्षण क्षेत्रले पनि बेदिङमा होमस्टे सञ्चालन गर्न मद्दत गरिहेको छ । बेदिङ च्छोरोल्पा हिमताल र रोल्वालिङ उपत्यका भ्रमणमा जानेहरूको बास बस्ने मुख्य थलो हो । बेदिङभन्दा माथि ना गाउँ पर्दछ । चिसो बढेपछि जाडो छल्न मानिसहरू ना गाउँबाट बेदिङ झर्ने गर्दछन् । पर्यटकीय क्षेत्र भएकाले सो क्षेत्रमा नेपाल टेलिकम दोलखाले केही वर्षअघि नै जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याइसकेको छ । विद्युत्को पहुँच पुगेपछि जनजीवन सहज हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने बेदिङवासीको आशा छ ।

सम्बन्धित सामग्री

पर्यटकीय क्षेत्र वसन्तपुर वरपर सरसफाइ

विश्व सम्पदा सूचीमा रहेको काठमाडौँ महानगरपालिकाका– २४ पर्यटकीय क्षेत्र वसन्तपुरमा रहेका मठमन्दिर वरपर डबली तथा सडकको सरसफाइ गर्दै कामपाका कर्मचारी । तस्बिर- चन्द्रकला क्षेत्री/रासस

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग

पर्यटन व्यवसायीहरूले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन् । नेपालभर पर्यटकका लागि आवश्यक सेवासुविधा ठमेलमा नै रहेको भन्दै व्यवसायीहरुले नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताएका हुन् […]

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग

काठमाडौँ – पर्यटन व्यवसायीले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्। पर्यटन व्यवसायीले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन्। उनीहरूले नेपालभर पर्यटकका लागि आवश्यक सेवा–सुविधा ठमेलमै रहेको भन्दै नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताए। ठमेल पर्यटन […]

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग

काठमाडौं । पर्यटन व्यवसायीहरुले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरुले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन् । उनीहरुले नेपालमाभर पर्यटकको लागि आवश्यक सेवासुविधा ठमेलमा नै रहेको भन्दै नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको […]

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न व्यवसायीहरुको माग

पर्यटन व्यवसायीहरुले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्। पर्यटन व्यवसायीहरुले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न...

सामुदायिक वनलाई पर्यटकीय क्षेत्र बनाइँदै

रौतहट : पछिल्लो समय रौतहटमा पनि पर्यटकीय विकासकाे गति बढेकाे छ। रौतहटको चन्द्रपुरमा रहेको तिलेश्वरनाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचना निर्माण थालिएको हो।नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाको निर्माण थालिएकाे छ। चन्द्रपुर नगरपालिका वडा नं–३ मा रहेको तिलेश्वरनाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वरनाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले जानकारी दिए।

‘कागेश्वरी काठमाडौंकै पर्यटकीय क्षेत्र हुनसक्छ’

काठमाडौंको पूर्वी क्षेत्रमा रहेको कागेश्वरी क्षेत्र काठमाडौंकै सबैभन्दा प्रिय पर्यटकीय क्षेत्र बन्नसक्ने सम्भावना एक कार्यक्रमका वक्ताले औंल्याएका छन्।...

ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै मधेश सरकार

पर्सा : मधेश सरकारले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने भएको छ। राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै मधेश सरकारको मन्त्रिस्तरीय बैठक बसी शुक्रबार पर्साको ठोरीलाई यो प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गर्न लागिएको हो।शुक्रबार ठोरीमा मन्त्रिस्तरीय बैठक बस्ने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले बताए। त्यही पुगेर मन्त्रिस्तरीय बैठक बसेलगत्तै ठोरीलाई आधिकारिक रूपमा पर्यटन क्षेत्र घोषणा गरिने मुख्यमन्त्री गद्दीका स्वकीय सचिव दीपक यादवले जनाए। पर्साको ‘ठोरी’लाई पर्यटकी

पर्यटकीय क्षेत्र शोभातालमा थारु घरबास

कञ्चनपुर।बेलौरी नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालमा थारु घरबास पर्यटन (होमस्टे)बनाउन सुरु गरिएको छ। शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने नगरपालिकाको योजनाअनुसार थारु होमस्टेको भवन बनाउन लागिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए।होमस्टे भवन निर्माण कार्यको शिलान्यास गर्दै नगर प्रमुख चौधरीले आन्तरिक पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्न र थारु समुदायको संस्कृति,रहनसहन,भेषभूषा र मौलिक खाद्य परिकार संरक्षण र प्रवर्द्धनका लागि होमस्टे सञ्चचालन गर्ने लगेको बताए। रासस

पर्यटकीय क्षेत्र शोभातालमा थारु घरबास

कञ्चनपुर।बेलौरी नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालमा थारु घरबास पर्यटन (होमस्टे)बनाउन सुरु गरिएको छ। शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने नगरपालिकाको योजनाअनुसार थारु होमस्टेको भवन बनाउन लागिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए।होमस्टे भवन निर्माण कार्यको शिलान्यास गर्दै नगर प्रमुख चौधरीले आन्तरिक पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्न र थारु समुदायको संस्कृति,रहनसहन,भेषभूषा र मौलिक खाद्य परिकार संरक्षण र प्रवर्द्धनका लागि होमस्टे सञ्चचालन गर्ने लगेको बताए। रासस